+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चितवनमा पनि औषधीको अभाव

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १२:२७

No-Medicine
१३, मंसिर, चितवन । मेडिकल सिटिका रूपमा परिचित चितवनमा पनि औषधीको अभाव हुन थालेको छ । देशका अन्य क्षेत्रका अस्पताल तथा स्वास्थ्य केन्द्रमा औषधीको अभाव हुन थालेको केही साता वितिसक्दा पनि चितवनमा औषधीको अभाव भएको थिएन् । तर गत सातादेखि अत्यावश्यकीय औषधीहरुको अभाव हुन थालेको यहाँका अस्पताल सञ्चालकहरूले वताएका छन् ।

चितवनका सवैभन्दा ठुलो सरकारी अस्पताल भरतपुर अस्पतालमा अहिलेसम्म औषधीको अभावका कारण कुनै पनि विरामीको उपचार नरोकिएको भएपनि अब भने औषधी तथा सर्जिकल सामानहरूको स्टक सकिएकोले उपचारमा समस्या आउने स्टोर शाखा प्रमुख लिलाधर पौडे्लले जानकारी दिए ।

‘अहिलेसम्म त हामीले जेनतेन धानिरहेका थियौ, सप्लार्यसहरूले पनि औषधीको सप्लाई गरिरहेका थिए, तर अव समस्या देखिएको छ’ पौडे्लले भने – ‘आईसियू, आमा सुरक्षा अन्र्तगत सुत्केरी सेवाका लागि औषधीको अभाव छ ।’ भरतपुर अस्पतालमा अत्याबश्यकीय औषधीको स्टक अव १५/ १६ दिनका लागि पुग्ने मात्र छ ।

भरतपुर अस्पतालमा दैनिक ४०/५० जनासम्म महिलाले भरतपुर अस्पतालमा सुत्केरी सेवा लिने गर्दछन्, त्यसमध्ये २० जना जतिको अप्रेशन गर्नुपर्ने हुन्छ । भरतपुर अस्पतालका प्रसुती तथा स्त्रीरोग विभाग प्रमुख डा. सुनिलमणि पोख्रेलले अप्रेशन गर्नुपर्ने गर्भवती महिलाहरू लागि अत्यावश्यक एन्टिवायोटिक औषधी र इन्जेक्सन, सिलाउने धागो उपलब्ध नभएमा जोखिम बढ्ने बताए । भरतपुर अस्पतालमा महेश मेडिसिन सप्लार्यस गौर र सागरदेवि फर्मा हेटौडाले औषधी तथा सर्जिकल समानहरू उपलब्ध गराउने गरी टेण्डर पाएका छन् ।

प्रमुख औषधी सप्लार्यस महेश यादवले अहिलेसम्म एम्वुलेन्स, बिभिन्न मोटरसाइकलमा कार्टुनहरु वनाएर औषधी सप्लाई गरिरहेकेा भएपनि अव भने अवस्था असहज बनेको टेलिफोनमा जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?