Comments Add Comment

शिवम सिमेन्ट किन्दा चाँदी उपहार

Shibam Cement

१६ मंसिर, काठमाडौं । शिवम सिमेन्टले ‘शिवमको साथमा लक्ष्मी छ हातमा’ उपहार सार्वजनिक गरेको छ । उपहार योजनाअन्तर्गत ग्राहकहरुले प्रत्येक २५ बोरा सिमेन्टको खरीदमा १० ग्राम चाँदीको सिक्का तुरुन्त पाउनेछन् ।

कम्पनीले उपहार योजना पहिलो चरणमा काठमाडौं उपत्यका र हेटौंडामा मात्र लागू गरेको छ । कम्पनीका अनुसार योजना काठमाडौंमा मंसिर १५ गतेदेखि २१ गतेसम्म र हेटौंडामा मंसिर १६ गतेदेखि २१ गतेसम्म लागू हुने छ ।

Shivam Cement Logoउपहार योजनाबाट ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनुको साथै निर्माण कार्यहरु अगाडि बढाउन पनि प्रोत्साहन मिल्ने कम्पनीले विश्वास लिएको छ । ‘उपहार योजनाबाट प्राप्त हुने प्रतिक्रिया र उत्साहलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले भविष्यमा पनि ग्राहकहरुलाई प्रत्यक्ष फाइदा पुर्‍याउने योजनाहरु लिएर आउने प्रतिबद्घता व्यक्त गर्दछौं’ कम्पनीका भाइस प्रेसिडेन्ट सजन देवकोटाले भने ।

हेटौंडामा रहेको शिवम सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी क्लिङ्कर ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

शिवम सिमेन्ट नेपालका राष्ट्रिय गौरवका योजनाहरुमा समेत प्रयोग हुँदै आएको छ । काठमाडौं चक्रपथ विस्तार योजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम टनेल निर्माणमा शिव सिमेन्ट प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment