+
+
Shares

‘हँसाउन खप्पीस थिए नारायण गोपाल’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १९ गते १७:४६

Narayan-Gopal

काठमाडौं । स्वर सम्राट नारायण गोपालको २५ औं स्मृति दिवसको अवसरमा शनिवार नारायण गोपाल संगीत कोषले शम्भुजीत बास्कोटा र हरिप्रसाद रिमाललाई ‘नारायण गोपाल संगीत सम्मान’ गरेको छ । शनिवार नै महाराजगञ्जस्थित नारायण गोपाल चोकमा कन्सर्ट पनि भएको छ ।

पुरानादेखि नयाँ पुस्ता समेतले उत्तिकै मन पराउने गायकको रुपमा चिनिन्छन् नारायण गोपाल । उनका धेरै गीत चर्चित छन् । उनले ५ सय बढी गीतमा स्वर दिएका छन् भने ३ सय बढी गीतमा संगीत दिएका छन् ।

हँसाउन खप्पीस थिए

सदाबहार स्वरका धनी नारायण गोपाल साथीभाईका विचमा मिलनसार ब्यक्ति भनेर चिनिन्थे । उनका समकक्षी गायक प्रेमध्वज प्रधानका अनुसार नारायण गोपाल हँसाउन खप्पीस थिए । कहिले कसैको शैलिमा समाचार भनेर त कहिले किशोर र रफिको गीत अर्कै सुरमा गाएर हँसाउथे ।

असफल पत्रकार

नारायण गोपाल एक असफल पत्रकार पनि हुन् । २०२८ सालमा साहित्यिक पत्रिका ‘बागिना’ को ब्यबस्थापक एवं सम्पादक समेत भएका थिए । उक्त पत्रिका ३ अंक मात्रै प्रकाशित भएको थियो ।

नारायण गोपालले आफ्नो अडान कहिल्यै छोडेनन् । कुनै पनि गीत आफुलाई चित्त नबुझेसम्म गाउँदैन थिए । गीतकार कालीप्रसाद रिजालको भनाई अनुसार नारायण गोपालले धेरै पटक मन नपरेको गीत च्यातेर फालेका छन् ।

पामेलाले सोधिन यो भेटलाई गीत बनाउन सक्नुहुन्छ ?

नारायण गोपाल र पामेला लामाको पहिलो डेटिङ दार्जिलिङको सुकिय पोखरीमा भएको थियो । ‘हाम्रो भेटलाई गीत बनाएर गाउनसक्नु हुन्छ भनेर पामेलाले प्रश्न सोधेकी थिइन् ।

नारायण गोपालले पछि आफ्ना गीतकार साथी नागेन्द्र थापालाई परिवेशलाई चित्रण गरेर गीत लेखिदिन अनुरोध समेत गरे । थापाले ‘यो मौसम यो हरियाली ….शीर्षकमा गीत लेखेर दिएका थिए । तर, उनले पामेलाकै लागि गाएको गीत चाँही चिनारी हाम्रो धेरै पुरानो थियो ।

पामेला लामाको छोरी थिइन् भने नारायण गोपाल नेवार । विवाहपछि परिवारका सदस्यसँग सम्बन्ध बिग्रियो । केही समय पोखरामा रहेको कबी भुपी शेरचनको घरमा बसेका वेला पामेलाले पोखरामा मैनादेवी माविमा शिक्षिकाको काम पनि गरिन् । बिसं २०४७ साल मंसिर १९ गते ५१ वर्षको उमेरमा उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?