Comments Add Comment

फ्रेस फेसः ‘हो म स्वार्थी छु, राजेश हमाल मन पथ्र्यो काम गरें'(भिडियोसहित)

shrey-kakrki
महंगो बजेटमा निर्माण भएको भन्दै प्रचार गरिएको चलचित्र ‘बागमती’ अहिले चर्चामा छ । यो चलचित्रको ट्रेलरमा एक सुन्दरी देखिन्छिन्, जसले अहिले धेरैको ध्यान खिचिरहेकी छिन् । उनको नाम हो, श्रेया कार्की । १८ बर्षकी यी सुन्दरीलाई चलचित्रमा आफूले राम्रो काम गरेकोमा विश्वास छ ।

श्रेयासँगको भिडियो कुराकानी यहाँ हेर्नुहोस्


अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै श्रेयाले ‘बागमती’ सबै दर्शकले हेर्नुपर्ने तर्क राखिन् । उनले दक्षिण भारतीय टिमले उत्कृष्ट प्रविधी सहित यो चलचित्र बनाएको दाबी पनि गरिन्  । सानैबाट चलचित्र, म्यूजिक भिडियो हेर्ने श्रेयाले आफूलाई नै यसमा पाएको दाबी गरिन् । टीभीमा आउने कलाकारमा आफूलाई देखेकै कारण यो क्षेत्रमा आकर्षण बढेको उनको भनाई छ ।

तर, श्रेया अहिले रहरले चलचित्र क्षेत्रमा हाम फालेकी छिन् । भोलीका दिनमा आफ्ना लागि यो रहर मात्र हुन्छ कि करिअर पनि भन्ने उनलाई टुंगो छैन ।

श्रेया आफूलाई स्पष्ट रुपमा स्वार्थी भन्न रुचाउँछिन् । चलचित्र क्षेत्रमा केही भएको खण्डमा आफू यसमै लाग्ने र खासै उपलब्धी नभएको खण्डमा अन्य व्यवसायमा अगाडि बढ्ने सोच छ, उनको । shreya-karki-hot
श्रेयाको नजरमा नेपालमा त्यस्ता कुनै कलाकार छैनन्, जोसँग उनी काम गर्न चाहन्छिन् । भनिन्-‘मलाई राजेश हमाल मन पथ्र्यो, काम गरिसके । अरु त्यस्ता कोही छैनन् ।’

एउटा अनलाइनमा फोटोसुट गरेपछि आफूलाई ‘बागमती’ चलचित्रका लागि अफर आएको संझदै श्रेयाले चलचित्र क्षेत्र सुन्दर वगैचा भएको बताइन् । आफूले अहिलेसम्म त्यस्तो कुनै नकारात्मक व्यवहार भोग्नु नपरेको भन्दै उनले त्यस्ता प्रवृत्तीका मानिसबाट टाढै बस्ने दाबी पनि गरिन् ।

आफू सामान्य यूवती भएकाले दर्शकले पनि त्यसरी नै वुझुन् भन्ने उनको तर्क छ । तपाइलाई कस्तो यूवक देख्ने वित्तिकै मनपर्छ भन्ने प्रश्नमा उनले कुल स्वभावका केटातर्फ नजर जाने बताइन् । आफ्नो आँखा मन पराउने श्रेयालाई आफ्नो प्रशंसा आफै गर्न मन लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment