Comments Add Comment

जलवायु सम्मेलनमा नेपालले भन्योः तापक्रम वृद्धिदर १.५ प्रतिशतमा सीमित राखौं

Bishwendra Paswan

  • मन्त्री विश्वेन्द्र पासवान । फाइल तस्वीर

२२ मंसिर, काठमाडौं । पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा नेपालले विश्वव्यापी तापक्रमको वृद्धिदर १.५ प्रतिशतमा सीमित राख्नुपर्ने पक्षमा वकालत गरेको छ ।

नेपालका विज्ञान-प्रविधी तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले सोमबार सम्मेलनलाई सम्वोधन गर्दै जलवायु परिवर्तनले कम विकसित देशहरुलाई आमरुपमा र साना पर्वतीय विकासशील देशहरुलाई विशेषरुपमा दबाव सिर्जना गरेको बताए ।

‘जलवायु परिवर्तनले हाम्रो पानीको उपलब्धता, कृषिजन्य उत्पादन, पर्यटन र वातावरणमा प्रभाव परेको छ,’ उनले भने, ‘नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशत मात्रै योगदान दिएको भए पनि यसबाट अत्यधप्क पीडित रहँदै आएको छ ।’

मन्त्री पासवानले उच्च ग्यास उत्सर्जन गर्ने देशहरुलाई उनीहरुको उत्सर्जन घटाउने काममा अघि बढ्न आग्रह गरे । गत बैशाखमा नेपालमा आएको भूकम्पबाट नौ हजारभन्दा बढी मारिएको र पाँच लाख परिवार घरवारविहीन बनेको अवस्थामा जलवायु परिवर्तनले नेपालको आर्थिक तथा पर्यावरणीय संवेदनशीलतामा अतिरिक्त चुनौति थपेकोसमेत उनले उल्लेख गरे ।

‘म सबै विकसित देशहरुलाई साना पर्वतीय विकासशील राज्यहरुसहितका अत्यधीक संवेदनशील राष्ट्रहरुको जीवनयापन सुरक्षित बनाउने कार्यमा अतिरिक्त आर्थिक सहयोग गर्न आग्रह गर्दछु,’ मन्त्री पासवानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment