Comments Add Comment

बलिउडकर्मीको खराब मनोदशाः के उदय चोपडा मृत्यु रोज्न चाहन्थे ?

सबै कुरा भएर पनि मान्छेले अभाव महसुष गर्छ । रिक्तता महसुष गर्छ । त्यही रिक्तताले मान्छेलाई आफ्नै जीवन पनि सून्य लाग्छ । अर्थहिन लाग्छ । अन्ततः आफैलाई समाप्त पार्ने निर्णयमा पुग्छन् ।

यो सन्दर्भ बलिउड अभिनेता उदाय चोपडासँग जोड्न सकिन्छ । केही समय अघि मात्र उनले ‘जीवनबाट निरास भएको’ जनाउ दिदै आत्महत्या गर्न चाहेको स्पष्ट संकेत गरे, सामाजिक सञ्जाल मार्फत । उनको यो अभिव्यक्तीले बलिउडमा एकाएक सन्नटा छायो ।

आदित्यले लेखेका थिए, ‘मैले केही घण्टाका लागि आफ्नो ट्वीटर एकाउन्ट निस्क्रिय गरिदिएँ । मैले महसुष गरे कि म मृत्युको नजिक पुगिसकेको छु । यो अभूतपूर्व थियो । मलाई लाग्छ कि आत्महत्या गर्नुको यो राम्रो विकल्प हो । म चाडै यसलाई स्थयी रुपले गर्दैछु ।’

उनले थपेका थिए, ‘म ठीक छैन । म प्रयास गरिरहेको छु तर विफल भइरहेको छु ।’

आखिर उदय चोपडासँग के थिएन ? नाम थिएन ? सम्पति थिएन ? प्रतिष्ठा थिएन ? सुख-सयल थिएन ? चैनको जीवन थिएन ? मोजमस्ती थिएन ? के थिएन ?

सबै थियो । यश चोपडा जस्ता बलिउडका होनाहार फिल्ममेकर्सका छोरो । निर्देशक/निर्माता आदित्य चोपडाका भाई । यशराज फिल्म्सका बोर्ड अफ डाइरेक्टर । बलिउडमा उनको आफ्नो नाम थियो, शान थियो ।

सबै भएर पनि उनी किन आत्महत्यको मोडमा पुगे ?

मान्छेको अपेक्षा र चाहनाको चुली यति अग्लो हुन्छ कि, त्यहाँसम्म मान्छे कहिल्यै पुग्न सक्दैन । जतिसुकै ठूलो प्राप्तिले पनि मान्छेलाई सन्तुष्ट तुल्याउँदैन । संभवत उदय चोपडा आफ्नो जीवनप्रति सन्तुष्ट थिएनन् । आफ्नो करियरप्रति सन्तुष्ट थिएनन् ।

जब मान्छेमा असन्तुष्टिको ग्राफ बढ्दै जान्छ, उसमा चरम निरासा छाउन थाल्छ । निरासाले बेचैनीलाई जन्म दिन्छ । बेचैनीले तनाव । तनावले डिप्रेसन । एन्जाइटी पनि ।

के उदय चोपडा डिप्रेसनमा थिए ? के उनलाई एन्जाइटी थियो ?

सफलता वा उपलब्धीको एउटा तहमा उक्लिएपछि पनि मान्छे तृप्त हुँदैनन् । उनीहरुमा अरु भोक जाग्छ । उदय चोपडा पितापूर्खाकै विरासत लिएर बलिउडमा चलायमान थिए । उनले फिल्म खेलेकै थिए । नेम र फेम कमाएकै थिए । तर, उनलाई यतिले मात्र पनि पुगेन । समकक्षीका सामुन्ने उनको उपलब्धी बामपुड्को थियो ।

उदयले दाई आदित्य वा पिता यश चोपडाको फिल्ममा सहायक निर्देशकको रुपमा काम गरे । यसबीचमा उनले होम प्रोडक्सनको फिल्ममा अभिनय पनि गरे । पछिल्लो समय उनी ब्लकबस्टर फिल्म ‘धूम-३’मा आमिर खान, अभिषेक बच्चनसँगै देखिएका थिए ।

उनले सन् २००० बाट फिल्म ‘मोहब्बते’बाट बलिउड डेब्यु गरेका थिए । त्यसपछि उनी कम मात्रामा फिल्ममा देखिए । खासमा भन्ने हो भने उदय जुन धरातलबाट बलिउडमा आएका थिए, त्यसको अनुपातमा उनी अपेक्षाकृत असफल रहे । संभवत यही असफलताले उनलाई पिरोलेको थियो कि ?

बीबीसीले उदय चोपडाको यस्तै मनोदशाबारे एक लेख लेखेको छ ।

म रुँने ठाउँको खोजीमा थिएँ – दीपिका पादुकोण

हुन त सफलता पाएर पनि कति व्यक्ति डिप्रेसनको अवस्थामा पुग्ने गरेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण उदाहरण हुन् । उनको बलिउड यात्रा आफैमा लोभलाग्दो छ । पहिलो फिल्मबाटै नेम र फेम कमाएका उनले त्यसपछिका दिनमा पनि उस्तै राम्रा फिल्म पाए, जसले उनको कद बढाउँदै लग्यो ।

एकपछि अर्को हिट फिल्म दिइरहेकी दीपिका केही बर्षअघि डिप्रेसनमा परेको खुलासाले बलिउडलाई स्तब्ध बनाएको थियो । अहिले उनले डिप्रेसन रोगीको सहयोग गर्न चाहेको बताउने गरेकी छिन् ।

सामाजिक सञ्जालमा एक भिडियो आएको थियो, जसमा दीपिकाले आँखाभरी आँशु बनाएर भनेकी थिइन्, ‘म बस सुत्न चाहन्थे । त्यही मेरो बचाउँको तरिका थियो, बस् सुतिरहनु । उठ्नु होइन ।’

उनी अगाडि भन्छिन्, ‘तर, हरेक दिन मैले उठ्नुपथ्र्यो । म काममा जानुपथ्र्यो । हरेक दिन एक चुनौती थियो । म त्यस्तो स्थानको खोजीमा रहन्थें, जहाँ म रुन सकौं । आजसम्म मलाई अलार्मसँग डर लाग्छ ।’

दीपिकाले महसुष गरे कि, हामीकहाँ मानसिक स्वास्थ्यलाई लिएर जागरुकताको कमी छ । अतः उनी ति सबै मान्छेलाई सहयोग गर्न चाहन्छिन्, जो डिप्रेसनले ग्रस्त छन् ।

म एन्जाइटीबाट छुटकारा चाहन्थे – अनुष्का शर्मा

मान्छेलाई लाग्छ कि सफलता मिलेपछि सबैकुरा ठिकठाक हुन्छ । तर, यस्तो हुँदैन । अनुष्का शर्मा करियरको उचाईमा थिइन्, तर उनी खराब मनोदशाबाट गुजि्ररहेकी थिइन् ।

उनले आफुलाई ‘एन्जायटी’ भएको खुलेर लेखेकी थिइन् । अतः यसलाई नियन्त्रणमा राख्नका लागि आफुले उपचार गरिरहेको समेत उनले बताएकी थिइन् ।

टाइगर श्राफले पनि खुलाएका थिए कि उनको एक फिल्म फ्लप भएपछि उनी एक महिना डिप्रेसनमा गएका थिए । शाहरुख खान पनि एक शल्यक्रियापछि डिप्रेसनग्रस्त भएका थिए ।

त्यस्तै आलिया भट्टले आफ्ना बहिनी शहीन भट्टसँग माफी मागेका थिए कि, उनले डिप्रेसनलाई बुझ्न सकेनन् ।

आलियाले एक भिडियामो भनेकी थिइन्, ‘म दुःखी छु किनभने म आफ्ना बहिनीसँग २५ बर्षसम्म बसें तर उनको डिप्रेसनलाई बुझ्न सकिन ।’ आलियाले यस भिडियोमा थपेकी थिइन्, ‘मलाई थाहा छ कि तिमीले माफी चाहँदैनौ । तर, हामी माफी मागिरहेका छौ, किनभने हामीले तिमीलाई बुझ्न सकिरहेका थिएनौ कि तिमी कस्तो मनोदशामा गुज्रिरहेका थियौ ?’

डिप्रेसन अहिलेको जटिल समस्या बन्दैछ । असफलताले मान्छेलाई डिप्रेसनमा पुर्‍याएको छ । सफलताले पनि मान्छेलाई डिप्रेसनमा पुर्‍याएको छ । बढ्दो महत्वकांक्षा, प्रतिस्पर्धाले मान्छेको मन स्थिर छैन । यही अस्थिरताले चिन्ता र डिप्रेसनसम्म पुर्‍याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment