+
+
Shares

अमेरिकाबाट ‘रातो घर’ प्रदर्शन सुरु, विल्सन र निर्देशकका लागि चलचित्र विशेष

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २३ गते १०:३३

rato-ghar
सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्र ‘रातो घर’ले डिसेम्बर २७ बाट आफ्नो प्रदर्शन यात्रा थाल्ने भएको छ । अमेरिकाको क्यालिफोर्नियाबाट सुरु हुने प्रदर्शन सेनफ्रान्सीस्को, लस एन्जल्स, सियाटल्स, वासिङ्टन डीसी, पोर्टल्याण्ड, मेरील्याण्ड,  जर्जिया, एक्रोन, न्यूयोर्क लगायतका स्टेटहरुमा पनि हुनेछ । यसका लागि चलचित्रका निर्माता तथा निर्देशक सुरज सुब्बा अमेरिका जाँदैछन् ।

निकेश लिम्बुको प्रस्तुतीमा तयार भएको यो चलचित्र लागू पदार्थ दुव्र्यसनिको कथामा तयार भएको छ । सुरज सुब्बा, विल्सन विक्रम यसका लगानीकर्ता हुन् ।

चलचित्रमा विल्सन विक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहारी, अनुराग कुँवर, विकेश श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्र निर्देशक सुरज सुब्बा र कलाकार विल्सन विक्रम राइका लागि विशेष छ । ‘बाटो मुनिको फूल’बाट चर्चामा आएका सुरजले यसपछि केही चलचित्र निर्देशन गरेपनि सफल हुन सकेन । यसैले पनि उनका लागि यो चलचित्र चल्नु जरुरी छ ।

यस्तै, चलचित्र ‘सायद’बाट एकाएक चम्किएका कलाकार विल्सन विक्रम राइका त्यसपछि प्रदर्शनमा आएका कुनै पनि चलचित्र चलेका छैनन् । विल्सन र सुरज सुब्बाका लागि ‘रातो घर’को व्यापार दोहोरो अर्थमा महत्वपुर्ण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?