गतबर्षको ‘बीग बोस’मा समेत सहभागीता जनाएका चर्चित कुश्तीवाधक संग्राम सिंहले नायक आमिर खानसँग काम गर्न अस्विकार गरेका छन् । आमिर खान अहिले चलचित्र ‘दंगाल’मा काम गरिरहेका छन् ।
यो चलचित्रको क्लाइमेक्समा आमिर संग्राम र उनीविचको कुश्ती देखाउन चाहन्थे । दृश्य वास्तविक लागोस् भनेर संग्रामले यो चाहना गरेका थिए । तर, संग्रामले उनको प्रस्तावलाई अस्विकार गरिदिएका हुन् ।
तर, संग्रामलाई यो भूमिका मन परेन । कारण, यसमा उनले आमिर खानसँग हार्नु पर्ने थियो । वास्तविक जीवनमा कुश्तीका चर्चित खेलाडीले पर्दामा आफू हारेको हेर्न चाहेनन् र राम्रै रकम दिदा पनि प्रस्ताव अस्विकार गरिदिए ।
संग्रामले भने-‘म आमिर खानको सम्मान गर्दछु । जतिबेला उनले मलाई ‘दंगाल’का लागि प्रस्ताव राखे, म खुशी थिएँ । तर, दुर्भाग्य यो भूमिका मैले गर्न चाहिन किनकी यसमा मलाई आमिर खानसँग हार्नु पर्ने थियो । म यो गर्न सक्दिनथ्यँ ।’
प्रतिक्रिया 4