चलचित्र कलाकार संघको निर्वाचनका कारण अहिले कार्यसमितीमा चुनाव लड्नेहरु भोट माग्नमै व्यस्त छन् । अध्यक्षदेखि सदस्य पदका उम्मेदवारलाई चुनावको रौनकले उस्तै तरिकाले छोएको छ ।
चलचित्र प्राविधिक संघका निवर्तमान अध्यक्ष मनोज केसी चलचित्र कलाकार संघको उपाध्यक्ष पदमा चुनाव लड्दैछन् । उनी जुन संस्थामा बसेपनि, जुन पदमा बसेपनि काम गर्ने हो भन्छन् । उनलाई पद भन्दा पनि काममा विश्वास रहेको बताउँछन् ।
अहिले कलाकार संघप्रति कलाकारको झुकाव नभएकाले यसलाई बढाउनका लागि आफू निर्वाचनमा अगाडि आएको उनको भनाई छ । कलाकारको मर्यादा, सम्मानका लागि विभिन्न कार्यक्रम ल्याउने सोच उनको छ । आफूलाई निर्वाचनमा भोट दिएर जिताएको खण्डमा कलाकार संघलाई सेलिब्रेटीको संघ बनाउने उनको योजना छ ।
प्राविधिक संघ पहिले कलाकार संघमै रहेको बताउँदै मनोजले भने-‘प्राविधिक संघलाई मैले एउटा उचाइमा पुर्याएँ । अब, कलाकार संघलाई कलाकारहरुको आकर्षणको केन्द्र बनाएर नयाँ नयाँ योजना ल्याउछु ।’ उपाध्यक्ष पदमा अन्य ३ जना प्रतिस्पर्धी आएपनि मनोज आफू काम गर्ने भएकाले कलाकारहरुले जिताउनेमा ढुक्क छन् ।
कलाकार संघको तर्फबाट अवार्ड गर्ने योजना पनि उनको छ । तर, कार्यसमितीका सबै सदस्यले यो कुरामा सहमती जनाएको खण्डमा मात्र आफू अगाडि बढ्ने उनको भनाई छ । कलाकार संघमा गफ गर्ने भन्दा पनि काम गर्ने आउन जरुरी छ भन्ने उनलाई लाग्छ ।
सदस्य पदका लागि उम्मेदवारी दिएका नायक गजित बिष्टले चुनावको रणनीति बल्ल वुझेको बताए । उम्मेदवारी दिएपनि सक्रियताका साथ भोट नपाएका उनले बल्ल वुझे, चुनाव जितेर मात्र हुदैन धेरै भोट पनि ल्याउनुपर्छ । यसैले उनी अहिले भोट माग्दै हिड्न थालेका छन् ।
कलाकारहरुको हक हितका लागि काम गर्ने उनको पनि योजना छ । कलाकार संघ बलियो संस्था भएपनि सिस्टमको अभावका कारण धेरै काम हुन नसकेको उनको वुझाई छ । विभिन्न नाममा कलाकार संघमा रकम आएतापनि त्यसलाई कार्यन्वयन गर्ने योजना नभएको गजितले वुझेका छन् ।
प्रतिक्रिया 4