+
+
Shares

अष्ट्रेलियामा केकी र सविनको ‘भाग् सानी भाग्’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २५ गते १०:०४

keki-and-ramesh
बिदेशमा नेपाली चलचित्रको प्रिमियर गर्ने शैलीलाई चलचित्र ‘भाग् सानी भाग्’ले निरन्तरता दिने भएको छ ।

यो चलचित्र अष्ट्रेलियाको बिभिन्न नौ शहरमा प्रर्दशन हुने भएको छ । डार्बिनमा २९ जनवरीमा चलचित्रको पहिलो प्रर्दशन गर्न लागिएको निर्माता बिष्णु चापागाईले बताए ।

डार्बिनपछि अन्य शहरहरुमाा पनि प्रर्दशन गरिने निर्माता चापागाईको भनाई छ । अष्ट्रेलियाको पर्थमा ३१ जनवरी, क्यानबेरामा ५ फेब्रुअरी, सिड्नीमा ६ र ७ फेब्रुअरिमा प्रदर्शन गरिने भएको छ  ।

त्यस्तै मेलबर्नमा १३ र १४ फेब्रुअरि र एडिलेडमा १९ मा प्रदर्शन गरिने भएको छ । निर्माता चापागाई अष्ट्रेलिया निबासी गैर आबासिय नेपाली संघ एनआरएन हुन् ।

चापागाईले संगीतकार चेतन सापकोटा, बेल्जियम निबासी शहदेब गौतम र अमेरीका निबासी बिलोन पोख्ररेलसँग मिलेर यो चलचित्र बनाएका हुन् ।

अष्ट्रेलिया प्रदर्शनपछि अमेरिका ,क्यानडा, हंङकङ, मलेसिया, कतार, युके लण्डन, बेल्जियम, न्युजिल्याण्ड, जापान, बहराईन, ईजरायल लगायका देशहरुमा समेत प्रर्दशन गरिने बताईएको छ । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् भने यो चलचित्रमा सबिन श्रेष्ठ, केकी अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?