+
+

मधेसी नेतालाई बोलाएर भारतीय राजदूतले सोधे-चारबुँदे रोडम्यापमा कहाँ चित्त बुझेन ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २६ गते २०:०७

Ranjit ray

२६ मंसिर, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमार्फत अघि सारेको चारबुँदे रोडम्याप स्वीकार गर्न मधेसी मोर्चाले आनाकानी गरेपछि भारतीय राजदूतले सम्वाद थालेका छन् ।

भारतीय राजदूत रणजीत रायले शनिबार मधेसी मोर्चाका प्रभावशाली नेताहरुलाई बोलाएर छलफल गरेका छन् । भारतीय राजदूत रायले शुक्रबार कांग्रेस, एमाले, एमाओवादीसहितका दलका सांसदलाई दिवाभोज खुवाएका थिए ।

त्यसको भोलिपल्ट मधेसी मोर्चामा आवद्ध चार दलका चार नेताहरु भारतीय दूताबास पुगेका हुन् ।

स्रोतका अनुसार भारतीय राजदूत रायले चारबुँदे रोडम्याप स्मरण गराउँदै मोर्चाको असन्तुष्टि कहाँ हो भन्दै त्यसलाई स्वीकार गरेर जान सुझाएका थिए । ‘कसरी निकास दिने भन्नेबारे छलफल भएको हो’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने-चारबुँदेमा के परिमार्जन गर्नुपर्छ भन्ने उहाँको जिज्ञासा थियो ।’

भारतीय राजदूत रायले मोर्चाका नेताहरुलाई कति दिन सीमामा अवरोध गर्ने भन्दै प्रश्न गरेका थिए । उनले सम्वाद र सहमतिबाट निकास खोज्न मधेसी मोर्चाका नेताहरुलाई सुझाएका छन् ।

मोर्चाका नेताहरुले भने चारबुँदे रोडम्याप स्वीकार गर्न नसक्नुको कारण राजदूतलाई सुनाएका छन् । ‘यदि हामीले कुनै गलत सहमति गर्‍यौं भने यो आन्दोलन हाम्रो हातबाट गुम्नसक्छ र दुर्घटना हुनसक्छ’ मोर्चाका एक नेताले अनलाइनखबरसँग भने-‘यो हाम्रो मात्र होइन, देशकै हितमा हुँदैन ।’ उनीहरुले भारतले पनि यसबारे सोच्नु पर्ने बताएका छन् ।

उपप्रधानमन्त्री थापाले दिल्ली भ्रमणका क्रममा अघि सारेको चारबुँदे रोडम्यापमा संविधान संशोधन विधेयक पास गर्ने र सीमांकन विवाद राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने उल्लेख छ ।

यो रोडम्याप भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिल्ली भ्रमणका क्रममा मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दिएकी थिइन । त्यसयता भारतले सम्वादबाट निकास खोज्न भन्दै मोर्चालाई सीमाको अवरोध हटाउन दबाव दिएको छ ।

तर, मधेसी मोर्चाका नेताहरु भने सीमांकनमा तत्काल हेरफेर नहुने गरी सम्झौता गर्न नसक्ने बताइरहेका छन् ।

यो पनि पढ्नुस्

कमल थापा दिल्लीबाट नफर्कँदै बालुवाटारमा खुशी

दिल्लीमा कमल थापाले चारबुँदे समझदारी गरेको खुलासा

दिल्लीमा बन्यो नयाँ योजनाः नाकाबन्दी खुल्ने, मधेसी मोर्चाले सडक नछाड्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?