+
+

कांग्रेसको असहमतिका बीच पुनर्निर्माण विधेयक संसदमा पेश गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १०:५२

CA Meeting

२७ मंसिर, काठमाडौं । सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको असहमतिका बीच संसदमा पुुनर्निर्माण विधेयक मात्र ल्याउने भएको छ ।

प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पुुनर्निर्माण विधेयक ल्याउन दिन सहयोगको प्रस्ताव गरेका थिए । तर, कांग्रेसले पुुनर्निर्माणसँगै संविधान संशोधन विधेयक पनि ल्याउनु पर्ने अडान राखेपछि कुनै सहमति हुन सकेन ।

नेताहरु बैठकबाट संसदतिर लागेका छन् । अब सरकारले पुुनर्निर्माण विधेयक मात्र संसदमा पेश गर्ने तयारी गरेका छन् । तर, कांग्रेसले अवरोध गर्न सक्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?