+
+
Shares

दीलिप र अनुको ‘लिटरका लिटर पोखियो माया’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते ११:३०

dilip-and-anu
नायक दीलिप रायमाझी त अहिले अमेरिका पुगिसकेका छन् । तर, उनले अभिनय गरेका केही चलचित्र भने प्रदर्शनको क्रममा छन् । जी एस मुभि मेकर्सको प्रस्तुतीमा तयार भएको चलचित्र ‘गोरे’ पनि प्रदर्शनको तयारीमा छ ।

यही चलचित्रमा समावेश ‘लिटरका लिटर पोखियो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दीलिपका साथमा नायिका अनु शाह र कलाकार अभिषेक गिरीलाई फिचरिङ गरिएको छ । विकास चौधरीको संगीत रहेको यो गीतमा शंकर अधिकारीको शब्द छ ।

रामेशकुमार राइको निर्देशनमा तयार भएको यो चलचित्रमा सुर्य जीसीको लगानी छ । चलचित्रमा ममता भट्ट, गुन्नु घर्तीलाई पन देख्न सकिन्छ ।
चलचित्र बजारमा क्रेज कमजोर भएपछि दीलिप अमेरिका हानिएका हुन् भने नायिका अनु शाहको चर्चा पनि यो क्षेत्रमा कमजोर छ । यसैले ‘गोरे’ चलचित्र दुबैका लागि बिशेष बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?