+
+

दयाहाङ, प्रियंका र केकी फेरि एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १३:४०

priyanka-and-daya-fanko
चलचित्र ‘लालटिन’को छायांकन आजबाट सुरु भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गर्दै छायांकन प्रारम्भ गरिएको हो । देवकुमार श्रेष्ठले निर्देशन गर्न लागेको यो चलचित्रलाई भानु प्रतापले निर्माण गर्दैछन् ।

चलचित्रमा  दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारी मुख्य भूमिकामा देखिनेछन् । साथमा चलचित्रमा राज कटुवाल, रिया श्रेष्ठ, भानुप्रताप, अर्जुन गुरुङ, जनक बर्तौलाको पनि अभिनय रहनेछ ।

यो चलचित्रलाई सामाजिक कथावस्तुमा बनाइनेछ । हरी लामाको छायांकन रहने चलचित्रमा कविराज गहतराजको नृत्य  निर्देशन, रोशन श्रेष्ठको एकसन, किरण माइकल र भानु प्रतापको कथा रहनेछ । चलचित्र घोषणा कार्यक्रममा नायिकाद्धय केकी र प्रियंका उपस्थित भएनन् । दयासँगै यी दुई नायिकाले एक साथ चलचित्र ‘हाउ फन्नी’मा पनि काम गरेका थिए । यो चलचित्र प्रदर्शन हुन सकेको छैन । laltin-muhurta
नायक दयाहाङ राइले आफूले जाडोमा चलचित्र नगर्ने सोच बनाएपनि ‘लालटिन’का कारण सोच त्यागेको बताए । उनले यो चलचित्र आफ्ना लागि विशेष हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?