+
+

२ करोडमा नेपाल भित्रियो साहरुखको ‘दिलवाले’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते १४:०७

srk-and-kajol
बलिउड सुपरस्टार साहरुख खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘दिलवाले’ नेपालमा महंगो रकममा किनिएको छ । साहरुखको ब्रान्ड भ्यालु र नेपालमा उनको क्रेजका कारण चलचित्रको मुल्य २ करोड पुगेको दर्शना आट्सले जनाएको छ ।

नेपाली तथा हिन्दी चलचित्र वितरण गर्दै आएको दर्शना आट्सले यो चलचित्रलाई महंगो रकम तिरेर किनेको हो । दर्शनाले अहिलेसम्म सबैभन्दा महंगो रकम यही चलचित्रलाई तिरेको छ ।

२ करोड रुपैयाँ उठ्छ त भन्ने प्रश्नमा, दर्शनाका प्रबन्ध निर्देशक गोविन्द सापकोटाले भने-‘साहरुखको नेपालमा क्रेज र हलहरुको डिमाण्डका कारण सजिलै रकम उठ्नेमा विश्वस्त छौ ।’

उनले काठमाण्डौ बाहिरका ९० र काठमाण्डौका २१ वटा हलमा यो चलचित्र लाग्ने बताए । रोहित सेट्टीको निर्देशनमा बनेको यो पारिवारिक चलचित्रमा साहरुखका साथमा काजोल, बरुण धवन, कृती सेननको मुख्य भूमिका छ ।

डिसेम्बर १८ बाट रिलिज हुने चलचित्रका लागि देशभरका मल्टिप्लेक्सले प्रशस्त शो दिने तयारी गरेका छन् । यसैविच, नायक साहरुख खानले नेपालका फ्यानका लागि आफ्नो ट्विटरको माध्यमबाट सन्देश दिने तयारी पनि भएको दर्शनाले बताएको छ । साहरुखले ‘चेन्नई एक्सप्रेस’ प्रदर्शनको समयमा पनि नेपाली फ्यानलाई भिडियो मार्फत  सन्देश दिएका थिए । अहिले विश्व बजारमा यो चलचित्रको माग उच्च छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?