+
+

किम्फमा ‘टासी एन्ड द मंक’ उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते २१:२२

kimf-picकाठमाडौं । यस वर्षको काठमाडौं अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा एन्ड्रीयु हिन्टन र जोनी ब्रुकको ‘टासी एन्ड द मंक’ उत्कृष्ट घोषित भयो । ‘टासी एन्ड द मंक’ ले १५ सय डलरको पहिलो पुरस्कार पायो । एक हजार डलरसहितको दोस्रो पुरस्कार पोल्यान्डका पावेल विसोजान्स्कीको फिल्म ‘जुरेक’ले पायो ।

यस्तै ५ सय अमेरिकी डलरको तेस्रो पुरस्कार आमेनियाका भहराम म्खीतार्यनको ‘सेर्फडस् सङ’ ले पायो । स्पेशल मेन्सन स्लोभाकियाका पाभोल बराबासको ‘लिभ फर प्यासन’ले पायो ।

बैशाख १२ को विनाशकारीभूकम्प र त्यसपछिका पराकम्पहरुको चपेटाबाट मुश्किलले बाँचेकाहरुको कथा समेटेर गणेश पाण्डेले तयार पारेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ दर्शकको रोजाईमा रोजाईमा पर्‍यो ।

नेपाल पानोरमा अन्तर्गत उत्कृष्ट ठहरिएर यसले ५० हजार रुपैयाँ पुरस्कार पायो । भूकम्पमा परेर पनि भाग्यले बाँचेका र बचाउन खटिएकाहरुको कथा यसमा समेटिएको छ ।

त्यस्तै अरुणदेव जोशीको ‘कमारो’ नेपाल पानोरमा फिक्सनमा उत्कृट घोषित हुँदै ५० हजार रुपैयाँ पुरस्कार पायो । यो छोटो फिल्म महेशविक्रम शाहको कथामा आधारित छ ।

बेस्ट फिक्सन अन्र्तगत स्पेशल मेन्सन अवार्ड राजकुमार राईको ‘हेवन इज ब्ल्याक’ले पायो भने बेस्ट डकुमेन्ट्री अन्र्तगतको अवार्ड दिपेश खरेल र फोर्ड स्टोराजको ‘तामा गाउँ’ ले पायो ।

भूकम्पका विषयमा बनेका नेपाली छोटा फिल्मको प्रतिस्पर्धामा आयुस निरौलाको ‘आˆटर द क्वेक’ पहिलो, प्रदिप पोख्रेलको ‘राईजिङ प|mम द इपीसेन्टर’ दोस्रो र आदित्य खड्काको ‘धर्तिपुत्र’ तेस्रो भयो ।

बेलायती पर्वतारोही तथा पत्रकार इड डगलस, कोरियाली प्राध्यापक युन-यङ किम, बलिउड फिल्म सम्पादक नम्रता राव, भारतीय फिल्म समिक्षक प्रेमेन्द्रनाथ मजुम्दार रहेको निणार्यक मण्डल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?