+
+

कबड्डी कबड्डी अब जापानमा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १०:१९

saugat-kabardi

काठमाडौं । नेपाली दर्शकले निकै मन पराएको चलचित्र ‘कबड्डी कबड्डी’ जापानमा प्रदर्शन हुने भएको छ । टोकियो डि्रम्स इन्टरप्राईजेजको आयोजनामा आउँदो २७ डिसेम्बरमा टोकियोमा प्रदर्शन हुने भएको छ भने १७ जनावरीमा ओशाकामा प्रदर्शन गरिने भएको छ । त्यसपछि क्रमश जापानको अन्य शहरमा पनि प्रदर्शन गरिने आयोजक संस्थाको भनाई रहेको छ ।

यसअघि ‘कबड्डी’लाई जापानमा प्रदर्शन गरेको टोकियो डि्रम्स इन्टरप्राईजेजले आगामी दिनमा जापानमा नेपाली चलचित्रलाई निरन्तर प्रदर्शन गर्ने भएको छ । आउँदो दिनमा प्रशान्त रसाईलीको कथा र आचार्य प्रदर्शन गर्ने आयोजक संस्थाको योजना रहेको छ ।

रसाईलीको चलचित्र कथा लभस्टोरी जेनरमा भएकाले आउदो भ्यालेन्टाईनमा प्रदर्शन गर्ने योजना छ । नेपाली चलचित्रलाई विश्वबजारमा प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र प्रदर्शन गरिएको आयोजक संस्थाको भनाई रहेको छ । टोकियोमा हुने प्रदर्शनमा जापानमा रहेका एनआरएन लगायत अन्य नेपाली समुदायको भब्य उपस्थिी हुने भएको छ ।

रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको ‘कबड्डी कबड्डी’ मा दयाहाङ राई, रिस्मा गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । मुस्ताङको थकाली समुदायको परिवेशमा निर्माण भएको उक्त चलचित्रले नेपालमा तीन करोड बढीको ब्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?