Comments Add Comment

राष्ट्रपतिले जानकी मन्दिरमा पूजा गरिरहँदा पेट्रोल बम प्रहार, कारकेडमा ढुंगामुढा (भिडियो र फोटोसहित)

१ पुस, जनकपुर । रामजनकी विवाह उत्सवमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका छन् । जानकी मन्दिर परिसरमा पेट्रोल बम समेत प्रहार भएको छ ।

जानकी मन्दिरमा पूजाआजा गरेर फर्किँदै गर्दा ढुंगामुढा भएको हो । तर, राष्ट्रपतिको कारकेडमा कुनै क्षति भएको छैन । सेनाले सुरक्षित रुपमा मन्दिर परिसरबाट राष्ट्रपतिलाई गन्तव्यतर्फ पठाएको छ ।

अहिले जनकपुर क्षेत्र तनावग्रस्त भएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

Janakpur-Tanab

Bidhya-Bhandari-at-Janakpur

Janakpur-Tanab-2

Janakpur-Tanab-3

Janakpur-Tanab-4

यो पनि पढ्नुस्

राष्ट्रपति सहभागी हुने कार्यक्रममा अश्रुग्यास प्रहार, जनकपुर तनावग्रस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment