+
+

बिबाहित हुन् सलमानकी प्रेमिका लुलिया, यसरी भएको थियो भेट

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १७:३१

slaman-and-luliya
बलिउडका चर्चित अविवाहित नायक सलमान खान र रोमानियाकी मोडल लुलिया वन्तुरविचको प्रेम चर्चाले अहिले बी टाउन तातेको छ । ‘हिट एन्ड रन केस’बाट छुटकारा पाएपछि सलमान खानले चाडै नै लुलियासँग बिहे गर्न सक्ने चर्चा पनि चलेको छ ।

तर, सलमानकी प्रेमिका लुलिया विवाहित हुन् । उनले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी हुन् । सलमान र लुलियाको पहिलो भेट रोमानियामा भएको थियो । चलचित्र ‘जय हो’को छायांकनका लागि सलमान लोकेशन हेर्न रोमानिया पुगेका थिए । सोही समयमा यी दुइको भेट भएको हो । यो समयमा यी दुइले समय बिताएका थिए । सलमान भारत फर्किएपछि पनि यी दुई एक अर्काको सम्बन्धमा थिए ।

लुलिया मोडलसँगै टेलिभिजनमा कार्यक्रम संचलाक पनि हुन् । उनले गत बर्ष चलचित्र ‘ओ तेरी’मा आइटम नम्बर पनि गरेकी छिन् । यो चलचित्रलाई सलमानका ज्वाई अतुल अग्निहोत्रीले निर्माण गरेका थिए । सलमान र लुलिया एक कार्यक्रममा एकसाथ गाडीमा देखिएपछि यी दुइको प्रेम चर्चा अहिले गर्माएको हो । ‘हिट एन्ड रन केस’बाट मुक्त भएका सलमानले के यसपटक भने लुलियालाई जीवनसाथी बनाउलान्, प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?