+
+

जरिनलाई पहिले मोटी भनेर आलोचना गरे, अहिले सेक्सी

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १०:३४

Zarine-Khanमुम्बई । बलिउड नायिका जरिन खानलाई लाग्छ । उनले सबै भन्दा सजिलो र छिटो पाउने चिज नै आलोचना हो । पहिला उनलाई धेरैले मोटी भनेर आलोचना गरे ।

त्यहि आलोचना सुनेपछि उनले आफ्नो शरीरको तौल ३० किलो कम गरिन् । त्यति गर्दा पनि आलोचना गर्नेहरु घटेनन् । पातलो शरीर लिएर कार्यक्रममा उपस्थित हुादा पनि उनलाई मोटीकै रुपमा हेर्थे र त्यस्तै टिप्पणी गर्थे ।

उनले अभिनय गरेको पछिल्लो फिल्म ‘हेट स्टोरी-३’ ले बक्स अफिसमा निकै राम्रो ब्यापार गर्‍यो । जरिनको अभिनय पनि दमदार छ । तर, मान्छेहरु उनको अभिनयको तारिफ गर्ने भन्दा पनि सेक्सी पोज दिएको भन्दै आलोचना गर्छन् ।

फिल्ममा अभिनय गर्ने क्रममा केही बोल्ड सिन दिएकी जरिन त्यस्ता आलोचनावाट आत्तिनेवाला भने छैनन् । भन्छिन ‘मैले आजसम्म आलोचना बाहेक केही पाएको छैन । त्यसकारण मलाई आलोचनादेखि डर लाग्दैन, त्यहि आलोचनालाई प्रेरणाको रुपमा लिन्छु ।’

विषयबस्तु अनुसार हरेक चलचित्रमा नायिकाको भुमिका फरक फरक हुन्छ भन्ने जरिन बोल्ड सिन दिनु कुनै आपत्ति नभएको बताउछिन् ।

Zarine-Khan-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?