+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

युवराज र श्रेयसी उत्कृष्ट गायक गायिका (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १३:०२

Bindhya basani award (1)

काठमाडौं । विन्ध्यवासिनी फाउण्डेसनद्धारा शुक्रबार राजधानीमा आयोजित छैठौं विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७२ सम्पन्न भएको छ ।

लोक गायक बद्री पंगेनीको स्वाधिनता सम्बन्धी गीतबाट सुरु भएको कार्यक्रममा सुगम संगीत तर्फ युवराज चौलागाईं हरेक शव्द बोलको गीतबाट सर्वोत्कृष्ट गायक र श्रेयसी चेम्जोङले म तिम्रो हुँला नहुँलाबाट गायिका पब्लिक च्वाईस अवार्ड पाइन् । सोही गीतबाट राजकुमार बगरले संगीतकारको अवार्ड पाए । डब्बु क्षत्रीले साउनको भेलजस्तो बोलको गीतवाठ सर्वोत्कृष्ट गीतकारको अवार्ड पाए ।

हेर्ने हजार आँखाबाट…बोलको गीतवाट डा. कृष्णहरी बरालले गीतकार र श्रद्धा अधिकारी धेरैलाई बाँड्दा नपुग्ला मायाबाट महिला गीतकारका रुपमा अवार्ड पाइन् । विनोद बन्जराको बन्जरा एलबम सर्वोत्कृष्ट एल्बम ठहरिएको छ । जुगल डंगोल साउनको भेलजस्तो गीतबाट सर्वोत्कृष्ट संगीत संयोजकका रुपमा विजयी भए ।

सुरज श्रेष्ठले आफ्नै जिन्दगीको बोलको गीतमाथि बनेको भिडियोबाट अवार्ड पाए भने यही गीतबाट प्रविण श्रेष्ठले भिडियो सम्पादकको अवार्ड पाए । राजेश घिमिरेले धुजा धुजाबाट छायाँकारको अवार्डलाई आफ्नो बनाएका थिए ।

_MG_3808 - Copy copy

पप संगीततर्फ बादल प्रसाईंले फुलको हत्या गीतबाट गायक र सोही गीतबाट सुगम पोखरेलले संगीतकारको अवार्ड पाए । आकांक्षा बस्यालले सोर्‍ह श्रृंगारबाट गायिकाको अवार्ड पाईन् ।

युगल गायनतर्फ तिम्रो आंखाको भाकाबाट सुरज कुमार थापा र निकिता थापाले अवार्ड जिते । लोकदोहोरी गीततर्फ बद्री पंगेनीले रातो पछ्यौरीबाट गायकको अवार्ड पाए भने कला पंगेनीले गन्ुद्री तानेरबाट गायिकाको अवार्ड पाईन् । कमल सरगमले आत्महत्याबाट संगीतकारको अवार्ड पाएको सो कार्यक्रममा एकनारायण भण्डारीले रातो पछ्यौरीबाट रचनाकारको अवार्ड पाए र गरीमा पन्त र बिमल अधिकारीले म्युजिक भिडियो मोडल र कपिल लामाले कसको सिन्दुर पर्ने होको म्युजिक भिडियोबाट निर्देशकको अवार्ड पाए ।

Bindhya basani award (2)

पाश्र्व संगीततर्फ रामचन्द्र काफ्ले मात लाग्योबाट गायक, सोही गीतबाट चेतन सापकोटा संगीतकार, जुनु रिजाल तिमी गीत हौ किबाट गायिकाको रुपमा विजयी भईरहँदा राष्ट्रिय भावनाले ओतप्रोत गीततर्फ रोशन भट्टराई बिहानी घामलेबाट गीतकारको अवार्ड जिते ।

कुल ३१ विधामा प्रदान गरिएको अवार्ड समारोहमा राजेश्वर तण्डुकार दुई थोपा आंशु रेकर्डिष्ट भए भने लोक तथा दोहोरी गीततर्फ अमृत खाती मुलको पानीले बाट नव प्रतिभा, यो विधाको म्युजिक भिडियोतर्फ विजय थापा र रश्मी तामाङ मुलको पानीले बाटै मोडलका रुपमा अवार्ड पाए ।

त्यसै गरी थियो मेरो पहिलो माया बोलको गीतबाट गंगाधर पराजुली पप तथा आधुनिक गीततर्फ नव प्रतिभाका रुपमा विजयी भएको अवार्ड समारोहमा यस वर्ष एसियन म्युजिक प्रालि सर्वोत्कृष्ट म्युजिक कम्पनी ठहरिएको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आायोजित समारोहमा यस वर्षको बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७२ बाट ५१ हजार १ शय ५१ रुपियाँ नगदसहित गायक प्रेमध्वज प्रधानलाई सम्मान गरिएको छ त्यसै गरी यस वर्षको बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७२ बाट २५ हजार ५ शय २५ रुपैया सहित कान्तिपुर साप्ताहिकका पत्रकार कृष्ण भट्टराईलाई सम्मानित गरिएको छ । भन बिन्ध्यबासिनी संगीत रत्न सम्मान २०७२ बाट १५ हजार ५ शय १५ रुपियाँसहित गायक राजेश पायल राईलाई सम्मानित गरिएको छ । यसै अवसरमा बाल सौगात विष्टलाई १० हजार १ रुपैयाँसहित विशेष सम्मान गरिएको छ ।

कार्यक्रममा बद्री पंगेनी, राजेश पायाल राई र प्रमोद खरेलले गीत संगीत प्रस्तुत गरेका थिए भने विजय थापाको समूह, अजय अधिकारीको समूह र कविता बानियाँले नृत्य प्रस्तुत गरेका थिए ।

Bindhya basani award (3) Bindhya basani award (4) Bindhya basani award (5) Bindhya basani award (6) Bindhya basani award (7) Bindhya basani award (8) Bindhya basani award (9) Bindhya basani award (10) Bindhya basani award (12) Bindhya basani award (13) Bindhya basani award (14) Bindhya basani award (15) Bindhya basani award (16) Bindhya basani award (17) Bindhya basani award (18)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?