+
+
Shares

रानी भन्सार नाकाको झडपमा राजेन्द्र महतो घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १७:१७

Rajendra-Mahato-1११ पुस, विराटनगर । विराटनगरको रानी भन्सार नाकामा प्रहरीसँग भएको झडपका मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएका छन् ।

महतोको नेतृत्वमा मधेसी मोर्चाका कार्यकर्ता नाकामा धर्ना बसेका थिए । प्रहरीले महतोसहितका धर्नाकारीलाई हटाउने क्रममा झडप भएको थियो ।

झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरे र भने प्रहरी लाठीचार्ज गरेको थियो ।

प्रहरीले हानेको लाठी लागेर महतो घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनलाई मोर्चाका कार्यकर्ताले भारतको जोगवनीतर्फ लगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?