Comments Add Comment

पशुपति प्रसाद गीतः ‘मन तारको सारंगी’मा खगेन्द्रको कथा

pashupati-prasad
माघ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद’ अहिले विभिन्न कारणले चर्चामा छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै  यसमा समावेश गरिएका संवाद हिट भैसकेका छन् । चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट एकाएक नेपाली दर्शकमाझ चर्चित बनेका कलाकार खगेन्द्र लामिछाने यो चलचित्रका मुख्य कलाकार हुन् ।

खगेन्द्रले बोलेका संवाद अहिले चर्चित भएका छन् । चलचित्रमा समावेश ‘मन तारको सारंगी’ बोलको गीत सार्वजनिक गरिएको छ । युटुबबाट सार्वजनिक गरिएको गीतको भिडियोमा पशुपति परिसरमा खगेन्द्रले भोगेका र देखेका विभिन्न खालका गतिविधीलाई कैद गरिएको छ ।

टुकी आर्टस र द दिपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रको यो गीतमा अनुपम र बिजय बरालको स्वर, अनुपमको शब्द तथा संगीत छ । गीतमा निरज कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन छ । चलचित्रलाई रजिना सिटौलाले निर्माण गरेकी हुन् भने दिपेन्द्र के खनालले यसलाई निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment