+
+

सय करोड क्लबकी रानी दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २२ गते १०:२४

deepika 3

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण ३० वर्ष लागेकी छिन् । उनले बलिउडमा करिअर सुरु गरेको नौ वर्ष भयो । पछिल्लो समय बलिउडकी नम्बर वान नायिकाको रुपमा चिनिन्छिन् उनी ।

कतिपयले भन्ने गरेका छन् दीपिका यस्ती कलाकार हुन् जो तीन खानसँग भिड्ने हैषिय राख्छिन् । उनले अभिनय गरेको नौ फिल्मले सयकरोड क्लब प्रवेश गरेको छ । पछिल्लो समय बलिउडका सर्वाधिक सफल नायिका दीपिकाको रहस्य यस्तो छ ।

साँवरियामा प्रस्ताब

सञ्जयलीला भन्सालीले ‘साँवरिया’ मा पहिले दीपिकालाई लिने योजना बनाएका थिए तर, पछि सोनम कपुरलाई लिए । उनको डेब्यु फिल्म ओम शान्ति ओम र साँवरिया एकै दिन रिलिज भएको थियो । ओम शान्ति ओम चर्चित भयो भने साँवरिया असफल ।

उनी एकदमै सहयोगी भावनाकी छिन् । जोसुकैलाई सहयोग गर्न पाउँदा उनी खुसी हुन्छिन् । उनले महाराष्ट्रको अम्बेगाउँ गोद लिएकी छिन् । यो गाउँको रेखदेख उनले गर्दै आएकी छिन् । उनका आफन्तका अनुसार उनी जो सुकैलाई सजिलै विश्वास गर्दिनन् ।

katrina-ranbir-deepika

दीपिकाले छाडेपछि कट्रिनालाई

रिलमा दीपिकाले कमेडीदेखि रोमान्ससम्म र माफियादेखि यद्धको मैदानमा भिड्ने गरेकी छिन् । उनको अभिनय शैलिमा अहिलेसम्म कसैले पनि प्रश्न उठाउन सकेको छैन ।

जब तक है जान र धुम ३ मा उनले काम गर्न नमानेपछि निर्माण संस्थाले कट्रिना कैफलाई अभिनय गराएको थियो ।

सन २०१५ उनका लागि सफल वर्षको रह्यो । गएको वर्ष उनले अभिनय गरेको पीकु, तमाशा र बाजीराव मस्तानी प्रदर्शन भयो । गएको वर्ष नै उनले डिप्रेशन पीडितहरुका लागि एउटा फाउन्डेशन स्थापना गरिन् ।

रणबीर कपुर छाडेर सिंहतिर

सन २०१३ मा बनेको ‘रामलीला’ काम गर्ने गरेको रणबीर सिंहसँग नजिकिन पुगेकी थिइन् दीपिका । त्यसअघि उनको सम्बन्ध रणबीर कपुरसँग थियो ।

रणबीर सिंह र दीपिकाको जोडी अहिले जमेको छ । उनीहरुले अभिनय गरेको पछिल्लो चलचित्र ‘बाजीराब मस्तानी’लाई दर्शकले निकै मन पराएका थिए ।

दीपिकाको मान्यता छ, कुनै पनि क्षेत्रमा सफल हुनका लागि केबल सुन्दर भएर मात्रै हुँदैन आत्मविश्वास त हुनैपर्छ । ब्यक्तिले गर्ने ब्यबहारले पनि निकै फरक पार्छ ।

deepika

१०० करोड क्लबकी रानी

ककटेल, रेश, ये जवानी है दिवानी, चेन्नई एक्सप्रेस, रामलीला, ह्याप्पी न्यु ईयर, पीकु, तमाशा र बाजीराव मस्तानी दीपिका अभिनित यी फिल्मले एकसय करोड बढी ब्यापार गरेको छ । दीपिका मात्रै यस्ति कलाकार हुन् जसले फिल्म सफल हुँदा नायक बराबरको जस पाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?