Comments Add Comment

शेष घलेको उपस्थितिमा एनआरएनए कतारका पदाधिकारीलाई कार्यभार हस्तान्तरण

NRN-Doha

घनश्याम पराजुली (कृष्ण)

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय सम्वन्य परिषद् कतारले दोहाको क्राउन प्लाजामा बिहीबार राती एक भव्य कार्यक्रमकाबीच नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको छ । एनआरएनए एनसीसी कतारको २०१३-२०१५ को कार्यसमितिले गत डिसेम्बर २५ तारिकमा निर्वाचित बिनेश तामाङ नेतृत्वको कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचित समितिका संयोजक तथा प्रमुख सल्लाहकार गुरुनारायण रानाभाटले सथप ग्रहण गराएका थिए ।

दोहामा ईज्जत मिल्यो : घले

एनआरएनए एनसीसी कतारको सपथ ग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्वन्य परिषदका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा अध्यक्ष घलेले पुरानो कार्यसमितिलाई धन्यवाद दिँदै नवनिर्वाचित बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । आईसीसी सदस्यमा कतारबाट निर्वाचित भएका सदस्यहरुको जिम्मेवारी र अधिकार गम्भिर भएको हुने बताउँदै घलेले दुईवटै कुरालाई मनन् गर्दै अगाडि बढ्नुपर्ने बताए ।

Shesh-Ghale,-President,-NRN

संस्थामा कतारबाट आईसीसीमा बढ्दो प्रतिनिधित्व भएको छ । कतारमा यसपटक आईसीसीमा २ जना सदस्य सहभागी हुनु नै गौरवको कुरा भएको उनले बताए । कार्यक्रममा अध्यक्ष घलेले भने, ‘मलाई खुसी लाग्छ दोहामा ईज्जत मिलेको छ । आजको दिन एतिहासिक दिन बनेको छ । कतार सरकारका माथिल्लो तहका सरकारी कर्मचारीसँग बृहत विचारको आदान प्रदान गर्न सफल भएको छु । हाम्रा समस्याहरु र संभावनाबारे कतारमा छलफल भएको छ । कतारका लागि नेपालीले गरेको सहयोगहरुबारे भएको छलफलबाट आगामी दिनहरुमा कतारसँगको सम्बन्धलाई अझै प्रगाढ हुने आशा लिएको छु ।’

एनआरएनए एनसीसीमा पहिलेबाट नै कतार सरकारका माथिल्लो तहमा भेट्ने अवसर मिलाइदिन गरेको अनुरोध पूरा भएको भन्दै अध्यक्ष घलेले नेपालीका विषयमा यहाँबाट पाएका कुराहरुले नेपाल सरकारलाई घचघचाउने बताएका छन् ।
कार्यक्रममा एनआरएनए एनसीसी कतारले अध्यक्ष शेष घले र आईसीसी कोअप्ट सदस्य जमुना घलेलाई सम्मान गरेको थियो । संस्थामा रहेर पुर्‍याएको योगदानको कदर गर्दै प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको हो ।

NRN-DOHA

कार्यक्रममा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत मणिरत्न शर्माले एनआरएनए कतारको निर्वाचित कार्यसमितिलाई बधाई दिए । उनले अघिल्लो कार्यकालमा दूतावाससँग सम्वन्य गर्दै गरेका प्रशंशनीय सामाजिक कार्यहरुको स्मरण गरे । कतार, नेपाल र नेपाल सरकारलाई समेत एनसीसी कतारले गरेका सहयोगबारे उनले बताए । नवनिर्वाचित कार्यसमितिले अझै बढी प्रभावकारी ढंगले सामाजिक कार्यहरुलाई अगाडि बढाउने आशा लिएको बताउँदै उनले देशको पुनर्निर्माणमा जुटिरहेको संस्थाले विवादरहित तरिकाले अगाडि बढ्ने आशा व्यक्त गरे ।

एनआरएनए कतारले दूतावासका कार्यवाहक राजदूत शर्मालाई खादा तथा प्रमाणपत्रले सम्मान गरेको थियो । एनआरएनए एनसीसी कतारको २०१३-२०१५ को कार्यसमितिले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पनि प्रमाणपत्र वितरण गर्दै खादा ओढाएर सम्मान गरेको थियो ।

महासचिव बिनोद भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष कुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक गुरुनारायण रानाभाटले कतारमा केही महिना पहिला निर्वाचन गर्न कठिनाई भएपनि अन्तिम अवस्थामा आईसीसीले दिएको समयाबधिमा नै निर्वाचन गरेर कतारले नयाँ कार्यसमिति पाएकोमा खुसी व्यक्त गरे ।

NRN-DOHA-3

कार्यक्रममा पूर्वअध्यक्ष कमलमणी गुरागाइँ, कोअप्ट सदस्यहरु साउदीबाट यसमिन बेगम, युकेबाट योगेन क्षेत्री, कतारबाट आरके शर्मा, अष्ट्रेलियाबाट जमुना घलेले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै एनआरएनएका संरक्षक सदस्य देवकाजी डंगोल, मध्यपूर्व उपसंयोजक उमेश अधिकारी, अमेरिकाका क्षेत्रीय संयोजक सुनाम लामा, आन्तरिक मामिला मन्त्रालयका कमिन्यूटी अफिसर फाईसल हुएवीले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विनेश तामाङले सबैलाई धन्यवाद दिँदै भावी योजनाबारे प्रष्ट पारेका थिए । रात्रीभोजको समेत व्यवस्था रहेको कार्यक्रमलाई समापन गर्दै सभापति एनआरएनए कतारका अध्यक्ष दुई बर्षभन्दा लामो समयको कार्यकाललाई स्मरण गर्दै धन्यवाद व्यक्त गरे ।

पार्षदहरुको असन्तुष्टि

एनआरएनए कतारले विषेश कार्यक्रमको आयोजना गरिरहँदा पार्षदहरुले भने असन्तुष्ट जनाएका छन् । विना सूचना कार्यक्रम आयोजना गरेको पार्षदहरुको गुनासो छ । आईसीसी अध्यक्षको उपस्थितिमा आयोजना हुने कार्यक्रममा आफूहरु समेत सहभागी हुन पाउनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment