Comments Add Comment

हलिउड शैलीमा प्रियंकाको पारदर्शी पहिरन(फोटो फिचरसहित)

Priyanka Karki (4)
यो कुरामा कुनै पनि दुई मत छैन कि, अब नेपाली चलचित्रको मेकिङ र गुणस्तर उच्च बन्दैछ । बर्षमा बन्ने सय बढी चलचित्रमध्ये दशवटा मात्र यस्ता चलचित्र बने भनेपनि, त्यसलाई सुखद मान्नुपर्छ । चलचित्रको मेकिङ मात्र होइन, कलाकारको पहिरनप्रतिको सजगता पनि कमजोर छैन ।

पहिरन लगाउने बिषयमा नायिका प्रियंका कार्कीले अहिले अन्य नायिकालाई उछिन्न थालेकी छिन् । हुनत,  पहिरनको चर्चा नायिका करिश्मा मानन्धरको धेरै हुने गर्दछ । तर, बढ्दो उमेरका कारण करिश्माको पहिरन अब अहिलेका नायिकाले लगाउने जस्तो नहुनु स्वभाविक नै हो । Priyanka Karki (1) Priyanka Karki (2) Priyanka Karki (3) Priyanka Karki (5)
वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा ‘फन्को’ चलचित्र प्रिमियर आयोजना गरिएको थियो । कार्यक्रममा चलचित्र क्षेत्रका नायिकाहरुको बाहुल्यता देखियो । तर, सबैको ध्यान खिच्न सफल भइन् नायिका प्रियंका कार्कीले । जापान र कतारको शो सकेर फर्किएकी नायिका कार्कीको पहिरन हलिउडका रेड कार्पेटमा देखिने खालको थियो ।

काठमाण्डौमा बढेको उच्च चिसोलाई त उनले ठाडो चुनौती नै दिइन् । खुलेको पहिरनमा रेड कार्पेटमा उभिएकी कार्कीको तस्बिर फोटो पत्रकारले सर्वाधिक धेरै समय लगाएर खिचेका थिए ।

आफ्नो ढाडमा खोपिएको ट्याटु देखाउन प्रियंकाले जाडोलाई नै चुनौती दिइन् । जेहोस्, नायिका कार्कीले आफू अभिनित चलचित्रको प्रिमियरमा लगाएको पहिरन सर्वाधिक चर्चित हुने गर्दछन् । नायिकाहरुले पहिरनप्रति देखाएको सजगतालाई तारिफ गर्नैपर्छ । Priyanka Karki (6) Priyanka Karki (7) Priyanka Karki (8)

तस्बिर: कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment