Comments Add Comment

रेखाका छोरासँग आश्माको रोमान्स, आयो ‘रामप्यारी’ गीत(भिडियो)

avash-and-aasma
नायिका रेखा थापाले आफ्ना छोरा आभाष अधिकारीलाई लिएर तयार पारेको चलचित्र ‘रामप्यारी’को एक गीत सार्वजनिक गरिएको छ । रेखाका दिदीका छोरा आभाष यो चलचित्रबाट उदाउने अपेक्षा गरिएको छ ।

चैत्र २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको ‘मेरो घुर्की’ बोलको गीतमा आभाष र नायिका आश्मा डीसीलाई फिचरिङ गरिएको छ ।

एस.के शाहको शब्दमा तयार भएको गीतमा कोशिश क्षेत्रीकै शब्द तथा संगीत छ । सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी मुख्य भूमिकामा छन् । चलचित्रमा रेखा महिला ट्याम्पु ड्राइभरको भूमिकामा देखिएकी छिन् ।

नायिका थापाले अभिनय गरेका अधिकांश चलचित्रमा नारीको कथालाई उठाइएको हुन्छ । रेखाका चलचित्र यसकारण पनि हरेक वर्गका दर्शकका लागि विशेष बनेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment