+
+
Shares

सोमबारको टप १० समाचारः ओली सरकारको १०० दिनदेखि पेट्रोलको मूल्य घट्योसम्म

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ४ गते २३:४५

आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. केपी ओलीको सफलताः १०० दिनमा मधेससँग लत्रक्कै !

Kp-oli_650

भनिन्छ, प्रेमीले शब्द सकिएपछि चुम्बन गर्छ, नेताले शब्द सकिएपछि अरुलाई गाली गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा मिडियालाई हल्का गाली गर्न थालेका छन् । मिडियाले आफ्नो भनाइलाई हास्यव्यंग्य ठान्ने गरेको प्रधानमन्त्रीको गुनासो छ ।

२. पूर्वमुख्यसचिवको सुझावः सबै मन्त्रीलाई टेन-टु फाइभ सिंहदरबार बस्न लगाउनुपर्छ 

मन्त्रीहरु क्यार्टरबाट बस चढेर सिंहदरबारमा जाँदा के बिग्रिन्छ ? उनीहरु बाहिर जेजस्ता सभा-समारोहहरुमा उपस्थित हुन्छन् तिनीहरुमध्ये ९९ प्रतिशत वा शतप्रतिशत अनुत्पादक र अनावश्यक छन् ।

३. के छ मधेसी मोर्चाको ६ बुँदे प्रस्तावमा ?

सोमबार बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा मधेसी मोर्चाले अघि सारेको छबुँदे प्रस्तावबारे छलफल भएको छ । तीन दलका नेताहरुले मोर्चाको प्रस्ताव सहमतिको आधार बन्न सक्ने निष्कर्ष निकालेका छन् ।

४. पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल लिटरको ९९ रुपैयाँ 

नेपाल आयल निगमले सोमबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगम सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोल, डिजेल र मटितेलका साथै हवाइ इन्धनको मूल्य घटाएको हो ।

५. चीनले सिंहदरबारमा एक मेगावाटको सोलार जोड्ने

। चीनले सिहंदरबारमा एक मेगावाटको सोलार सिस्टम जडान गरिदिने भएको छ । ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि तत्काल एक मेगावाट मात्र बिजुली निकाल्न लागिएको हो ।

६. गार्डियनको उत्कृष्ट साहसिक गन्तव्यमा अन्नपूर्ण सर्किट 

बेलायतबाट प्रकाशित हुने विश्वविख्यात पत्रिका द गार्डियनले नेपाललाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको छ । पत्रिकाले साहसिक पर्यटनका लागि छानेका १० उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको हो ।

७. थानकोट डिपोको पेट्रोल भण्डार भरियो, निजी मोटरसाइकलले ३ दिन लट अनुसार पेट्रोल पाउने

नेपाल आयल निगमको थानकोटस्थित डिपोको पेट्रोल भण्डार भरिएपछि अाइतबारदेखि अाएकाे तेल ट्यांकरमै थन्किएको छ । थानकोट डिपोमा रहेका १८ लाख ७० हजार लिटर क्षमताको पेट्रोलको ट्यांकीहरु भरिएका हुन् ।

८. टेलिकमले ल्यायो सामाजिक सञ्जाल ‘मीट’, यस्ता छन् सुविधा 

 नेपाल टेलिकमले सोमबारदेखि नयाँ नेपाली सामाजिक सञ्जाल सुरुवात गरेको छ ।  सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमको ‘मीट’ (meet) नामक नयाँ सामाजिक सञ्जालको सुरुवात गरे ।

९. सिरियादेखि केन्यासम्म यसरी बेचिँदैछन् नेपाली चेली

नेपालबाट युरोप, अमेरिका लगायतका देशमा पठाइदिने भन्दै अन्य मुलुक पुर्‍याउने समूहको पहिचान भइसकेको छ । नेपाली युवतीहरुको तस्करी गर्ने दुईजना नेपालीको पहिचान भएको छ ।

१०. आमा बन्दै झरना बज्रचार्य, सार्वजनिक गरिन् यस्तो फोटो 

भारतीय मुलका मलेसियन नागरिकसँग बिहे गरेकी मोडल तथा नायिका झरना बज्रचार्य  पनि आमा बन्ने भएकी छिन् । केही दिन अगाडि पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू आमा बन्न लागेको भन्दै आफ्नो इन्स्ट्राग्राममा तस्बिर सार्वजनिक गरेकी थिइन् ।

र, यो पनि

मुटुरोगीमा डिप्रेसनको खतरा तेब्बर, व्यायाम लाभदायी

डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोगको खतरालाई कम गर्नमा व्यायामले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा हालै प्रकाशित एक शोध अनुसार डिप्रेसनग्रस्त मानिसमा मुटु सम्बन्धी रोग हुने खतरा अत्यधिक हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?