Comments Add Comment

उपप्रधानन्त्रीको गुनासोः जय मातृभूमि भन्छन्, देशको नाम लिँदैनन्

CP-Mainali

६ माघ, काठमाडौं । वुद्धिजिवीको एउटा तप्काले देश विखण्डनलाई बल पुर्‍याइरहेको आरोप लगाएका छन् । अखबारमा लेख्ने बुद्धिजिवी र स्तम्भकारहरुले मधेसको विषयलाई दुराशयपूर्ण तरिकाले उछाल्न खोजेको दावी गरे ।

‘दिनैपिच्छे मधेसमा विभेद भयो भनेर अखबारमा लेखहरु आउछन्,’ मैनालीले तर्क गरे, ‘तर यस्ता लेखहरु विद्वेष फैलाउने खालका हुन्छन् ।’ यस्तो विभेद रहनुमा मधेसबाट राजनीति गर्नेहरु के-कति दोषि छन् भन्नेतर्फ आँखा चिम्लिने प्रवृत्ति रहेको उनले गुनासो गरे ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा बुधबार राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै उपप्रधानन्त्री मैनालीले मधेसी नेताहरुको अभिवादन शैलीमाथि पनि प्रश्न उठाए । उनले भने, ‘उहाँ जय मातृभूमि भन्नुहुन्छ, तर मातृभूमिको नाम लिनुहुन्न, यसको आसय के बुझ्ने ?’ नेपालमा हिन्दी भाषालाई राष्ट्रिय भाषाका रुपमा लागू गनुपर्ने मागका विषयमा मैनालीले आपत्ति जनाए । नेपालमा हिन्दी भाषा कसैको मातृभाषा नभएको भन्दै यस्तो मागको औचित्य नरहेको बताए ।

‘भारतमा नेपाली भाषालाई संविधानको अनुसुचीमा राखेको छ तर यहाँ हिन्दी भाषालाई किन राख्न सकिदैन भन्ने खालका तर्कहरु पनि सुनिएका छन्,’ मैनाली भन्छन्, ‘तर भारतमा नेपाली मातृभाषा भएका एक करोड भारतीय छन् । नेपालमा हिन्दी मातृभाषा भएका जाति को छन् ?’

आफूले विगतमा दिएको अभिव्यक्तिलाई लिएर भारतीय दूतावासले जनाएको प्रसंग पनि मैनालीले निकाले । आफूले मिसन रअ भन्ने पुस्तकमा लेखिएको प्रसंग मात्र उद्दरण गरेको भन्दै उनले उक्त पुस्तकको प्रसंगलाई खण्डन गर्न चुनौति दिए ।

‘खण्डन मेरो भनाईको होइन, मिसन रअ भन्ने किताबको गरिनुपर्छ,’ मैनाली भन्छन्, ‘सो किताब अहिले पनि पढ्न पाइन्छ, जसका २६३ पेज नम्बरमा लेखिएको छ, इन्दीरा गान्धीले नेपाल टुक्र्याउनका लागि ‘रअ’ लाइ जिम्मेवारी दिएकी थिइन् । तर उनी पदमुक्त भएपछि यो योजना अधुरो रह्यो ।’ ‘रअ’ कै पूर्वअधिकारीले लेखेको किताब सत्यमा आधारित रहेको मैनालीले उल्लेख गरे । उनले अगाडि भने, ‘त्यतिबेला भारतले रुसको सहयोग लिएर पाकिस्तानलाई अंगभंग बनायो । त्यतिबेलै सिक्किमलाई षडयन्त्रपूर्वक भारतमा गाभ्ने काम भयो । त्यसले नेपाललाई पनि गाभ्ने योजना थियो भनेर नपत्याउने आधार छैन ।’

उनले मधेसी दलहरुले भनेजस्तो दक्षिणी सिमामात्र जोडिने गरी मधेस प्रदेश दिने हो भने विखण्डनको खतरा उत्पन्न हुने उपप्रधानमन्त्री मैनालीले औंल्याए । उनले भने, ‘आन्दोलनरत दलहरुको लक्ष्य देश विखण्डन होइन होला । तर उहाँहरुले भनेजस्तो प्रदेश बनाइयो भने नतिजा त्यहि आउँछ जून सिके राउतहरु चाहन्छन् ।’

‘भारतीय गृहमन्त्रीकै मुखबाट निस्केको छ कि नेपालमा एक करोड भारतीय छन् र तिनीहरुको सुरक्षा भारतको चिन्ता हो । भोली यदी ती एक करोडले हामी असुरक्षित भयौं भनेर भारत गुहारे भने विखण्डनको खतरा आउँछ कि आउँदैन ? यो कुरा हामीले राजेन्द्र महतो र महन्त ठाकुरहरुलाई सोध्ने कि नसोध्ने ?’

‘पछिल्लो समयमा उत्तरी छिमेकी मुलुक चीनले सँधै आफ्नो वक्तव्यमा नेपालको स्वतन्त्रता र सार्वभौमसत्तासँगै भुअखण्डताको पक्षमा रहेको उल्लेख गर्छ, किन ? किनकी उसले पनि विखण्डनको खतरा देखेको छ,’ मैनालीले प्रश्न गरे ।

उनले बाबुराम भट्टराईको नयाँ शक्तिलाई पनि कटाक्ष गरेका थिए । ‘नयाँ शक्तिको कुरा गर्नेहरुले नेपालमा अब राजनीतिक मुद्दा सकियो र आर्थिक मुद्दा सुरु गर्नुपर्छ भनिरहेका छन् । यो भनेको गाउँमा डाका लागेका बेला गाँजा खाएर सुतौं भनेजस्तो हो,’ उनले भने । उनले नयाँ शक्तिलाई थोत्रा मान्छेहरुको झुण्डको संज्ञा दिए ।

नेपालमा मधेसी आर्य चार हजार वर्ष पहिले नै आएको र उनीहरुले पहिचानको कुरा नगरेको मैनालीले बताए । परापूर्वकालमा मधेसी आर्य परिवारकी पार्वतीले किराँत आर्य शिवजीसँग प्रेम गरेको उल्लेख गर्दै उनले आज पनि मधेसी र पहाडी आर्यहरु मिलेर बस्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment