Comments Add Comment

ट्याक्सीलाई पेट्रोल दिन छुट्टै पम्प तोकियो

petrol line (14)
११ माघ, काठमाडौं । नेपाल आयल निगमले ट्याक्सीका लागि तेल वितरण गर्न छुट्टै पेट्रोल पम्पहरु तोकेको छ ।

आयल निगमले भाडाका कालो नम्बर प्लेट र पर्यटकबाहक हरियो नम्बर प्लेटका ट्याक्सीलाई तेल वितरण गर्ने पम्प र दिन तोकको छ ।

यसअघि नै हप्ताको दुई दिन ट्याक्सीलाई तेल वितरण गर्ने निर्णय भइसकेको थियो । अब सोमबार जोर नम्बर र बिहीबार बिजोर नम्बर प्लेटका भाडाका ट्याक्सीले पेट्रोल पाउनेछन् ।

भाडाको ट्याक्सीलाई टेकुको नेशनल ट्रेडिङ, बसुन्धराको महालक्ष्मी, सानेपाको इन्द्रायणी र हलचोक पेट्रोल पम्पले तेल वितरण गर्नेछ ।

यस्तै हरियो प्लेटको टयाक्सीलाई प्रत्येक आइतबार र बुधबार गुहेश्वरी फ्यूल सेन्टर ठिमीबाट प्रत्येक ट्याक्सीले एक दिनमा १० लिटर पेट्रोल भर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment