Comments Add Comment

कलाकार संघलाई पनि अवार्डको रौनक

nandita-rejina-and-sarita
चलचित्रसँग आवद्ध केही संस्था र विशेषगरि विभिन्न मिडिया हाउसहरुले अवार्ड त गरिरहेका छन् नै । चलचित्र सम्बन्धी यस्ता अवार्ड चर्चा, विवादमा सधै रहन्छन् । अहिले त नेपाली चलचित्रको अवार्ड विदेशमा पनि आयोजना हुन थालिसकेको छ ।

अब, अर्को एक चलचित्र सम्बन्धी संस्था पनि अवार्ड आयोजना गर्न अगाडि आएको छ । चुनाव जितेको केही समयमा नै रामकेशर बोगटी नेतृत्वको चलचित्र कलाकार संघले अवार्ड आयोजना गर्ने भएको छ ।

अवार्ड आयोजना गर्ने निर्णय गरिएको संस्थाकी महासचिव तथा प्रवक्ता सरिता लामिछानेले बताइन् । उनले अवार्ड आयोजनाका लागि संयोजकमा कृष्ण मल्ल र सह-संयोजकमा प्रकाश सुवेदीलाई तोकिएको जानकारी दिइन् ।

तर, अवार्ड कुन मितिमा देश भित्र वा बाहिर कता गर्ने भन्ने बिषयमा केही निर्णय नभएको उनले बताइन् । उनका अनुसार अवार्ड गर्ने निर्णय भएपनि अरु कुनै बिषयमा टुंगो लागेको छैन ।

चलचित्र प्राविधिक संघले अवार्डको आयोजना गर्दै आएको छ । अब, अर्को चलचित्र सम्बन्धी संस्था अवार्ड आयोजनका लागि अगाडि सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment