Comments Add Comment

‘सुन्तली’लाई ‘आई लभ यू’ भनिएको भिडियो ८१ हजार पटक हेरियो

suntali-video
म्यूजिक भिडियोमा आकर्षक देखिएकी कुञ्जना घिमिरेलाई रुचाउनेको  संख्या धेरै देखिएको छ । हाँस्य सिरियल ‘मेरी बास्सै’ बन्द भएपछि कुञ्जनाको सक्रियता अहिले समाजसेवामा पनि छ । उनै कुञ्जनालाई आकर्षक देखाइएको भिडियो ‘आई लभ यू’लाई दर्शकले अत्याधिक रुचाएका छन् ।

सरोज ओली र इन्दिरा जोशीको आवाजमा समावेश यो भिडियोलाई २ दिनमै ८१ हजारले हेरेका छन् । युटुबमा राम्रो दर्शक पाएपछि कुञ्जना दंग छिन् ।

यो भिडियोबाट कुञ्जनाको नयाँ प्रतिभा पनि दर्शक सामु आएको थियो । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा मोडल पल शाहले कुञ्जनालाई साथ दिएका छन् । भिडियोको अन्तिममा सिताराम कट्टेल’धुर्मुस’ पनि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment