+
+
Shares

नातिकाजी विशिष्ट स्रष्टा सम्मानबाट बस्न्यात सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १७ गते १६:१८

१७ माघ, काठमाडौं । कालजयी भक्ति रचनाका सर्जक शारदा बिक्रम बस्न्यात यस बर्षको नातिकाजी बिशिष्ठ स्रष्टा सम्मानबाट सम्मानित भएका छन् ।

natikaji

राष्ट्रपति बिद्यादेवी भण्डारीबाट बिशिष्ठ स्रष्टा सम्मान संगै ८५ बर्षीय स्रष्टा बस्न्यातले २० हजार नगद समेत पाए ।

नातिकाजी स्मृति समाजले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा नातिकाजी पुरस्कारबाट बस्न्यात संगै अन्य आठ जना सम्मानित भएका हुन् ।

नातिकाजी बिशेष सम्मानबाट गीतकारहरु ८७ बर्षीय पीएल श्रेष्ठ, प्रेम विनोद नन्दन र श्रीपुरुष ढकाल तथा इन्दिरा श्रेष्ठलाई नातिकाजी विशेष सम्मान प्रदान गरेको छ । चारै जनालाई जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै गायक दीप श्रेष्ठ,  संगीतकार शिलाबहादुर मोक्तान र गीतकार उषा शेरचनलाई  नातिकाजी संगीत पुरस्कार तथा गायक विश्व नेपालीलाई नातिकाजी युवा संगीत प्रतिभा पुरस्कार प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

पुरस्कार वितरण कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बाँस्कोटाले नातिकाजी श्रेष्ठ जस्ता सर्जकहरुका बारेमा अध्ययनका लागि संग्राहलय स्थापना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले सरकारले स्रष्टाहरुको उचित सम्मान गर्नुपर्ने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?