Comments Add Comment

आन्तरिक पर्यटक बढाउन सौराहाका व्यवसायीको विशेष अभियान

sauraha-paryatan

१९ माघ, चितवन । गत वैशाखको भूकम्प र चार महिनायताको भारतीय नाकाबन्दीका कारण पर्यटन क्षेत्र सुस्ताइरहेको परिप्रेक्ष्यमा सौराहाका पर्यटन व्यवसायी आन्तरिक पर्यटक बढाउने अभियानमा लागेका छन् ।

आगामी १४ फेब्रुअरी -फागुन २) मा पर्ने प्रणय दिवसलाई लक्षित गरी सौराहामा २८ माघदेखि ३ फागुनसम्म १०औँ फुड फेस्टिबल अर्थात् खाना महोत्सव हुँदै छ । त्यसैको प्रचार-प्रसारका लागि सौराहाका पर्यटन व्यवसायी आजदेखि देश दौडाहामा निस्किएका हुन् ।

भूकम्प र नाकाबन्दीका कारण प्रभावित पर्यटन क्षेत्रलाई महोत्सवमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई निम्ता बाँड्न देश दौडाहामा लागेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन -रेवान) सौराहाका अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए ।

खाना महोत्सवको प्रचारस्वरुप मंगलबार बिहान कावासोतीमा पत्रकार सम्मेलन गरी पर्यटकलाई सौराहामा निम्ता दिन सुरु भएको छ ।

रुपन्देही, काठमाडौं, पोखरा मकवानपुर लगायत क्षेत्रमा समेत कार्यक्रम गरेर आन्तरिक पर्यटकलाई सौराहा आउन प्ररित गरिने कार्यक्रम संयोजक नरेश गिरीले बताए ।

यसपटक महोत्सवबाट आएको आम्दानीमध्ये केही रकम उज्यालो सौराहाका लागि खर्च गरिने आयोजकले जनाएको छ । यस्तै, सडक बालबालिका तथा बालश्रम न्युनीकरणका लागि १०-१० प्रतिशत रकम अनि केही खेलकुद र स्थानीय सामाजिक संस्थालाई समेत सहयोग गरिनेछ ।

महोत्सवमा हात्ती सफारी, डुंगा सयर, सांस्कृतिक कार्यक्रम गरिनेछ भने वेटर रेस, प्रेमपत्र लेखन प्रतियोगिता, गृहिणीबीच नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, पर्यटक दौड र पत्रकारबीच चिचर खाने प्रतियोगिता हुने बताइएको छ ।

यस्तै दुना टपरी गाँस्ने, पानी पिउने, भजन चुड्का प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment