Comments Add Comment

पोखरामा युवतीको शव फेला

सन्देश श्रेष्ठ
१९ माघ, पोखरा । पोखरामा गएराती एक युवतीको हत्या भएको छ । पोखरा-१५ बस्ने १८ बषिर्या योरुना पुन -नेहा) को हत्या गरेर पोखरा-१५ नयाँगाउँ नजिकै शव फालेको अवस्थामा भेटिएको हो ।

स्थानियले विहान सबेरै युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक योरुनाको शरिरभरी निलडाम छ भने टाउको समेत गम्भीर चोट रहेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

शरिरको निलडाम र टाउकोमा समेत चोट रहेकाले उनको हत्या भएको हुनसक्ने वडा प्रहरी कार्यालय रामबजारका ईञ्चार्ज प्रहरी निरिक्षक वेदप्रसाद जोशीले बताए । पहिले अन्य ठाउँमै हत्या गरेर नयाँगाउँमा शव फालेको हुनसक्ने प्रहरीको आशंका छ ।

योरुना पोखरा नयाँबजारको एक क्याफेमा काम गर्दै आएकी थिइन् । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment