Comments Add Comment

काँग्रेस नेताको घर जलाइएकोप्रति देउवाको आपत्ती

Sher bdr deuba

२० माघ, काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ताद्वारा जनकपुरमा काँग्रेस नेताहरुको निजी निवासमा भएको तोडफोडप्रति नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले खेद व्यक्त गरेका छन् ।

नेपाली काँग्रेसको आसन्न महाधिवेशनको तयारी स्वरुप गाँउ तथा नगर अधिवेशन भइरहेका बेलामा तराई क्षेत्रमा कांग्रेस नेताहरुलाई प्रबेशमा रोक लगाउने तथा भौतिक आक्रमण गर्ने कार्यप्रति भत्र्सना गरेका छन् ।

हिजो जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले काँग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधी, संगठन बिभाग प्रमुख आनन्द ढुंगाना, अर्का केन्द्रीय सदस्य लीला कोईराला, सांसद रामकृष्ण यादवको घरमा ढुंगामुढा सहित तोडफोड गरेका थिए ।

पार्टीको आन्तरिक अधिवेशनमा सक्रिय रहेका नेता तथा कार्यकर्तालाई, हतोत्साही बनाउने कार्य भएकोमा अराजकतापूर्ण कार्यहरु र गैरकानुनी गतिविधिमा संग्लग्नलाई कानुन बमोजिम कारबाही गर्न पनि देउवाले सरकारसंग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment