Comments Add Comment

स्याङजा सहयोग समाजको कार्यसमिति बिस्तार

बार्सिलोना । स्याङजा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिले सल्लाहकार समिति गठन तथा कार्यसमिति बिस्तार गरेको छ ।

Syanja-Samaj1शनिबार बसेको समाजको नियमित बैठकले ८ सदस्यीय सल्लाहकार समिति तथा कार्यसमितिमा ६ सदस्यहरु थप गरेको हो ।

सल्लाहकार समितिमा नेपालबाट प्रा.डा. दिल बहादुर क्षेत्री, श्रीकान्त रेग्मी, डा. बुद्धिमान श्रेष्ठ र अनन्त कुमार श्रेष्ठ रहेका छन् । यस्तै युएईबाट राजेशदर्शन अर्याल कतारदेखि गुरुनारायण रानाभाट, स्पेनबाट शालिकराम डुम्रे र जापानका देवीलाल भण्डारी पनि सल्लाहकार समितिमा चयन भएका छन् ।

समाजले कार्यसमिति बिस्तारको क्रममा ६ जना सदस्यहरु मनोनित गरेको छ । समितिका सदस्यहरुमा ठाकुर प्रसाद पौडेल मोहनीलाल खनाल, लोकनाथ अर्याल, रामबहादर जि.टि, कृष्णप्रसाद काफ्ले र टिकाराम अर्याल रहेका छन् ।

यसैबीच समाजले अक्षयकोष बृद्धि तथा त्यसको प्रभावकारी परिचालनका लागि स्याङजा सहयोग समाज, कतारका पुर्व अध्यक्ष टुकराज अर्याललाई संयोजकमा मनोनित गरेको छ । समाजका अध्यक्ष चन्ऽ बहादुर रोकाहाको अध्यक्षतामा साईबर बैठक सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment