Comments Add Comment

पाल्पाली समाज यूएईको क्षेत्रीय समिति गठन

palpali-samaj-dubai

आरपी सहयात्री

यूएई । आफ्नो लागि सबै गर्छन्, अरुको लागि पनि केहि गरौं’ भन्ने मूलमन्त्र बोकेको पाल्पाली समाज युएईले छैंठौ क्षेत्रीय समिति गत १२ फेब्रुवरीमा गठन गरेको छ ।

समाजले यूएईका विभिन्न इमिरेट्सहरु जस्तै फुजेरा, रासलखेमा, सारजाहा, अबुधाबी र अजमानमा यसअघि नै आफ्नो क्षेत्रीय समिति गठन गरिसकेको छ । रमेश सापकोटाको अध्यक्षतामा दुबई क्षेत्रीय समिति गठन भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा झपिन्द काˆले, टङ्क परियार, जीबलाल बस्याल, बिजया खनाल रहेका छन् ।  सचिवमा रामप्रसाद गैरे ‘बगर’, सहसचिवमा विष्णु घर्ती, उपसचिवमा दुर्गा न्यौपाने र कोषाध्यक्षमा कृष्ण न्यौपाने चयन भएका छन् ।

समाजका अधक्ष्य खुम आले मगरले सबैले आआफ्नो क्षेत्रबाट गहन जिम्मेवारी निभाउन अनुरोध गर्दै शुभकामना र बधाइ दिएका थिए ।

यसै क्रममा आगामी अपि्रल २२ को पाल्पाली समाजको वाषिर्कोत्सवमा नेपालबाट चर्चित कलाकार बोलाई एक साँस्कृतिक कार्यक्रम गर्ने बताइएको छ । समाजका सचिव धनु छेत्रीद्वारा सञ्चालित कार्यक्रममा अलऐनमा पनि क्षेत्रीय समिति गठन गर्नै निर्णय भएको समाजका कोषाध्यक्ष कैलाश अर्यालले जानकारी दिए ।

रोजगारीबाट बचेको थोरै समयलाइ पनि कसरी अरुको दुखेको घाउमा मलम बनेर उपस्थित हुन सकिन्छ भनेर चिन्तित पाल्पालीहरु उल्लेखनीय रुपमा राम्दी एकादशी मेलामा जस्तै बरदुबईको मेट्रोपार्कमा उपस्थित भएर एकताको मालामा उनिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment