+
+

बसन्त पञ्चमीमा अमेरिकाको ह्युस्टनमा भव्य कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ३ गते ९:२१

अमेरिका । अनेसास ह्युस्टन च्याप्टरले बसन्त पंचमीको अवसरमा  वाल्टन लाइब्रेरी ह्युस्टनमा  भव्य कार्यक्रमको आयेजना गरेको छ ।
फेब्रुअरी १३ सम्पन्न कार्यक्रममा  सरस्वती माताको पूजा, बसन्त पंचमीको महत्वबारे विबेचना , भाषा पाठशालाका बिद्यार्थीहरुलाई पुरस्कार वितरण र कविता बाचन कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता अनेसास हुस्टन च्याप्टरकी अध्यक्ष गंगा लिगलले गरेकी थिइन् ।  ताना  शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  उद्घोषण श्री उषा पन्थीले गरेकी थिइन् ।

कार्यक्रममा सल्लाहकार राजेन्द्र श्रेष्ठले भाषा पाठशालाको गुणस्तर कसरी बढाउने उपायहरुको खोजी गर्नु भएको थियो भने डा। ताना शर्माले बेदभूमी र देबभूमी नेपाल भएको बताएका थिए ।

ह्युस्टन साहित्य छहारी  नामाकरण गरेर सस्थाका उपाध्यक्ष शेष शर्माले कविता वाचन कार्यक्रम संचालन गराएका थिए ।  उषा पन्थी , शेष शर्मा , शारदा पाठक केवल  तथा टंक खरेल तथा गंगा लिगल आदिले कविता वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?