Comments Add Comment

मलेसियामा पुनः वैधानिक हुन ३५ सय रिंगेटसम्म लाग्ने

malesia
३ फागुन, काठमाडौं । मलेसियामा रहेका अवैध विदेशी कामदारलाई वैधानिक बन्न ३५ सय रिंगेटसम्म खर्च लाग्ने भएको छ ।

मलेसियाको अध्यागमन विभागले यो प्रक्रियामा रोजगारदाताले १३ सय ९५ देखि ३४ सय ८५ रिंगेटसम्म खर्च बेहोर्नुपर्ने बताएको छ ।

तर, यसबारेमा अन्तिम निर्णय भने भइसकेको छैन् । विभागले आजदेखि थालेको रजिष्ट्रेशन र प्रशासनिक शुल्क बापत रोजगारदातासँग १२ सय रिंगेट लिनेछ । यसमा ८ सय रिंगेट रजिष्ट्रेशन र ४ सय रिंगेट प्रशासनिक शुल्क भनेर छुट्याइएको छ ।

सुरुमै लिइने १२ सय रुपैयाँमा लेभी, भिसा, वर्क पर्मिट र जरिवाना रकम सामेल नगरिएको विभागका महानिर्देश्क दातुक सकिब कुस्मीले जानकारी दस्टारले जनाएको छ ।

अब यसपछि कामदारको भिसाकाे प्रकृति अनुसार शुल्क थप गरिनेछ । जसअनुसार रोजगारदाताले झण्डै १४ य देखि ३५ सय रिंगेटसम्म शुल्क सरकारलाई बुझाउनुपर्नेछ ।

विभागका महानिर्देशक कुस्मीले यो खर्च रोजगारदाताले नै छनौट गरेअनुसार तय गरिएको बताएका छन् ।

१२ सय मध्येको ४ सय रिंगेट भने कामदार बैध हुने प्रक्रिया पुरा भएपछि मात्रै लिइनेछ । त्यस बेलासम्म लेभी, भिसा लगायतका शुल्क थप गरी अन्तिम शुल्क सार्वजनिक गर्ने मलेसियन सरकारको तयारी छ ।

आजदेखि सुरु भएको पुनः रोजगारी कार्यक्रममा अवैध रुपमा बसिरहेका नेपाली कामदारले पनि वैधानिकक हुने मौका पाउनेछन् ।

मलेसियाको गृह मन्त्रालयले यो कार्यक्रम यसैबर्षको डिसेम्बर ३१ सम्म चल्ने जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment