१२ फागुन, काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरका म्याग्दीको दाना गाविसमा दुर्घटना भएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।
सशस्त्र प्रहरीका डिआइजी नरेन्द्रकुमार सिंहले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आसपासका जिल्लाबाट समेत त्यसतर्फ टोली परिचालन गरिएको छ ।
नेपाली सेनाको टोली पनि दाना गाविस तर्फ लागेको छ । यद्यपी दुर्घटनाको पुष्टि भने भइनसकेको डिआईजी सिंहले अनलाइनखबरलाई बताए ।
यसैगरी नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले पनि म्याग्दीमा विमान दुर्घटना भएको खबर आएपछि हेलिकोप्टरसहित टोली गएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4