+
+
Shares

फ्रेस फेसः अनमोललाई नै प्रेम गरेँ, उसैलाई नै थप्पड हानेँः साम्राज्ञी (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १४ गते १०:३७

Samragyee Rajya Laxmi Shah (3)
फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ड्रिम्स’की मुख्य नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेपछि उनको चर्चा चुलिएको छ ।

अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत रहेर कुरा गर्दै गर्दा साम्रज्ञीले आफ्ना चाहना र इच्छा सुनाइन् । सानैबाट कलाकार बन्छु भन्ने लाग्थ्यो उनलाई । चलचित्रमा काम गर्ने कलाकार र चलचित्र मेकिङलाई उनले सामान्य ठान्थिन् र आलोचना गर्थिन् । तर, आफैले काम गरेपछि भने उनलाई लाग्यो, चलचित्रमा अभिनय गर्नु र निर्माण गर्नु सामान्य कुरा होइन रहेछ ।

अब भने यी सुन्दरीलाई चलचित्रको नशाले छोइसकेको छ । हुनत, उनी चलचित्रमै करिअर अगाडि बढाउछु भन्नेमा अझै छैनन् । तर, पनि पहिलो चलचित्र प्रदर्शन नहुँदै आफूले पाएको चर्चाले एक प्रकारको नशा लागिसकेको उनी बताउँछिन् ।

साम्राज्ञीसँगको रोचक कुराकानीको भिडियो यहाँ हेर्नुहोस्

पहिलो चलचित्र प्रदर्शन नहुँदै पाएको उचाइले आफूलाई दोश्रो चलचित्र रोज्न गाह्रो पर्ने उनले बताइन् । उनले आफूलाई यो चलचित्रमा काम गर्दा गर्दै नै अफर प्रशस्त आएको बताइन् । तर, यो चलचित्रको प्रतिक्रिया नआएसम्म उनले अरु चलचित्र नगर्ने बताइन् ।

बलिउड नायिका दीपिका पादुकोणकी फ्यान रहेकी यी सुन्दरी उनले पर्दामा निर्वाहा गरेको चरित्र आफूले पनि पाएको खण्डमा काम गर्न उत्साहित हुने बताउँछिन् ।

नेपालीहरुले नै नेपाली चलचित्रको बारेमा विभिन्न कुरा देखाएर आलोचना गर्ने गरेको उनलाई पनि थाहा छ । आफूले अभिनय गरेको चलचित्र ‘ड्रिम्स’ एउटा स्तरको चलचित्र बनेको उनको दाबी छ ।

चलचित्रको पर्दा भित्र उनले नायक अनमोल केसीलाई थप्पड हानेकी छिन् । यस बिषयमा शाह भन्छिन्-‘मैले चलचित्रमा अनमोललाई नै माया गरेको छु, उसैलाई झापड पनि हानेकी छु । आखिर माया नगर्ने मानिसलाई थप्पड हान्न कहाँ सकिन्छ र ?’Samragyee Rajya Laxmi Shah (1)

चलचित्रको यो दृश्यको छायांकनका क्रममा उनले अनमोललाई २ पटक झापड हानिन् । बाहिरबाट हेर्दा नायक अनमोल केसी बहुतै घमण्डी र रिसाहा जस्तो देखिएपनि भित्री रुपमा त्यस्तो नभएको साम्राज्ञीको वुझाई छ । सामाजिक सेवा र अभिनयलाई एकसाथ लिएर जाने सोच छ उनको । उनले आफूलाई दर्शकले राम्रो नायिका भएर चिनिदिएको खण्डमा खुशी हुने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?