Comments Add Comment

नीशा कोसँग भाग्यमानी ?

nisha adhikari
नेपाली चलचित्र क्षेत्रमा थुप्रै नायिकाहरु मिडियामा त चर्चामा रहन्छन्, तर चलचित्र भने खासै चल्दैन । केही नायिका मिडियामा भन्दा पर्दामा बढी चर्चामा हुन्छन् ।

नायिका नीशा अधिकारी भने मिडियामा जती चर्चित छिन्, त्यती चर्चा उनको पर्दामा छैन । पछिल्ला बर्षमा त उनको ‘लुटेरा’ बाहेक कुनै पनि चलचित्र सफल छैनन् । यो चलचित्र पनि नायक निखिल उप्रेतीका कारण बढी चर्चामा रह्यो र सफल भयो । निशा र निर्माताविच खटपट चलेका समाचार नै आएका थिए ।

तर, नीशा अधिकारीले नेपालका चर्चित नायकहरुसँग काम गरेकी छिन् । नायक आर्यन सिग्देलसँग उनले ‘फस्ट लभ’मा काम गरिन्, जुन हिट भयो । उनै आर्यनसँग उनको ‘धुवाँ यो नशा’ चल्न सकेन ।  विराज भट्टसँग ‘नैना रेशम’मा काम गरिन्, गीत चल्यो चलचित्र औषत बन्यो । नायक निखिल उप्रेतीसँग उनले पछिल्लो समय ‘लुटेरा’मा काम गरिन्, चलचित्र चल्यो नीशा चलिनन् ।

यी बाहेक उनले काम गरेका अधिकांश चलचित्रले व्यापारमा कुनै रेकर्ड राख्न सकेका छैनन् । अहिले फेरि नीशा नायक विराज भट्टसँग चलचित्र ‘पर्शुराम’मा व्यस्त छिन् । चलचित्र क्षेत्रमा कमब्याक गर्दै गरेका यी दुई चर्चित स्टारसँग नीशा नै जुरेकी छिन् । चलचित्र चलेपनि अहिले नीशा भाग्यमानी देखिएकी छैनन् । हेरौ, अब उनी कोसँग भाग्यमानी देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment