Comments Add Comment

नेपाल साङ्घाई सहयोग सङ्गठनको सदस्य

Nepal-China_flag

९ चैत, बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज साङ्घाई सहयोग सङ्गठन संवाद साझेदार नेपाल सदस्य भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

क्षेत्रीय विकासको अवधारणामा स्थापित सो सङ्गठनको कार्यालयमा नेपाल सो सङ्गठनको साझेदार बन्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र उक्त संस्थाका महासचिवले हस्ताक्षर गरेका छन्  ।

नेपाल सदैव एक चीन नीतिको पक्षमा: प्रधानमन्त्री ओली

यसअघि चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आज आयोजित ‘एक क्षेत्र एक मार्ग पहलका सन्दर्भमा नेपाल चीन सम्बन्ध’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताए ।

उनले नेपालको कुनै पनि भूभाग चीनको विरुद्ध कुनै हालतमा प्रयोग हुन नदिने बताउँदै नेपाल पञ्चशीलका आधारमा नेपाल चीनबीचको सम्बन्ध सुदृढ रहेको बताए ।

प्रधानमन्त्रीले नेपालप्रतिको चीनको सम्मानपूर्ण व्यवहार र विकासका लागि गरेको सहयोग अविस्मरणीय रहेको बताउँदै भने–“नेपाल–चीनबीचको सम्बन्ध सदियौँ पुरानो, प्रगाढ, मैत्रीपूर्ण रहेको र यसलाई अझ प्रगाढ बनाउन चीनको ‘एक क्षेत्र एक मार्ग’ नीति नेपालको विकासका लागि महत्वपूर्ण छ । ”

प्रधानमन्त्री ओलीको आज नेपाली र चिनियाँ व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्ने र साँझ बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चिनियाँ सञ्चारकर्मीसँगको अन्तर्क्रियामा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment