Comments Add Comment

आर्यनको अंगालोमा रेखा(फोटो फिचरसहित)

हामी यहाँ नायक आर्यन सिग्देलको कुरा गरिरहेका छैनौ । नायक आर्यन सिग्देल र नायिका रेखा थापाको सम्बन्ध त अझै सुमधुर बनेको छैन । हामीले यहाँ कुरा गरिरहेका नायक हुन् आर्यन अधिकारी । जो चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । यो चलचित्र वैशाख ३१ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले ३ बर्ष लगाएर बनाएको शरीरको अहिले खुबै चर्चा भैरहेको छ ।
aaryan and rekha
उनै आर्यन मंगलबार फागू पूर्णिमाको अवसर पारेर आयोजना भएको होली पर्वमा देखिए । रेड स्टूडियो काठमाण्डौमा चलचित्र ‘रामप्यारी र के म तिम्रो होइन र’ यूनिटले आयोजना गरेको होली विशेष कार्यक्रममा आर्यन र नायिका रेखा थापा एउटै स्टेजमा देखिए । रमाइलो कुरा के छ भने, आर्यनले रेखालाई जुरुक्कै बोके ।
aaryan and rekha 1

aaryan and rekha
आर्यनले आफ्नो अंगालोमा रेखालाई बोके र फनफनी घुमाए । रेखा केही डराएको जस्तो देखिइन् । तर, पनि आर्यनको काखमा रेखा फनफनी घुमिन् । सुरुमा पिच्करीबाट सुरु भएको आर्यन र रेखाको रोमान्स अन्तमा काखमा नै पुग्यो । आफ्नो शरीरलाई सुगठित बनाएका आर्यनले हाफ पाइन्ट लगाएकी रेखालाई फनफनी घुमाइदिए । rekha catch aaryanतस्बिर : कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment