Comments Add Comment

नाङ्गो फोटोले कलाकारको क्रेज घट्योः करिना

Karina-Kapur

मुम्बई । अभिनेत्री करिना कपुरले बलिउड अभिनेता/अभिनेत्री मजाकको पात्र बन्दै गएको टिप्पणी गरेकी छिन् ।

आफैंले अभिनय गरेको फिल्म ‘कि एन्ड का’ को प्रमोशनको क्रममा संवाददातासँग कुरा गर्दै करिना भन्छिन् ‘अचेल केही बढी नै प्रचार हुन्छ फिल्मको ।’ एउटा शहरवाट अर्को शहरमा गएर प्रचार गर्नुलाई सामान्य मान्ने करिना कतिपय कार्यक्रममा नाँच्नै पर्दा दिक्क छिन् ।

उनको भनाई अनुसार केहि वर्षअघिसम्म सर्वसाधारण दर्शकमा कलाकारप्रति सम्मानभाव थियो । तर, अहिले सम्मानको संस्कार हराएको छ । दर्शकमा कलाकारप्रति सम्मान हराउनुको कारणवारे उनी भन्छिन् ‘हाम्रा कलाकारले बाथरुममा खिचेका तस्विर समेत सामाजिक सञ्जालमा पोष्ट गर्न थाले ।’ यस्ता कार्यले कलाकारको क्रेज घटाउने उनको भनाई छ ।

विवाहपछि नायिकालाई काम गर्न असहज हुने उनको भनाई थियो । आफुले विवाहपछि पनि केही चलचित्रमा आईटम डान्स गरेको जानकारी दिंदै उनले यसको श्रेय श्रीमान सेफअलि खानलाई दिईन् । ‘यदि सेफले हुन्न भने भने म काम छोडिदिन्छु ।’ ८० वर्षको हुँदासम्म अभिनय गरिरहने उनको इच्छा छ र सेफले स्वीकृत पनि दिएका छन् उनलाई ।

एक महिलाको एकसय रुप हुने भन्दै करिनाले आईटम डान्स साथीभाईका लागि गरेको दाबी गरिन् । ‘१६ वर्षदेखि मैले अभिनय सुरु गरें । मेरा धेरै साथीभाई छन् तिनलाई आइटम डान्सका लागि प्रस्ताव राख्छन् तर, म नाई भन्न सक्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment