Comments Add Comment

उद्योगले बिनाकारण बढाए सूर्यमुखी तेल र चिनीको मूल्य

sugar oil
१८ चैत, काठमाडौं । फेरि नकाबन्दी हुने भ्रामक हल्ला फैलिएपछि बजारमा खाद्यबस्तुको मूल्य बढ्न थालेको छ । यही अफबाहले बजारमा पेट्रोलको हाहाकार सुरु भएका बेला कालोबजारी गर्ने उद्योगहरुले खाद्यान्नको मूल्य बढाउन सुरु गरेका हुन् ।

नाकाबन्दीपछि आपूर्ति सुधि्रएर विस्तारै समान्य बनेको खाद्यान्न बजारमा पछिल्ला दिनमा चिनी र सूर्यमुखी तेलको मुल्य बढेको छ । अन्य खाद्य बस्तु पनि विस्तारै महंगिन थालेको ब्यापारीहरुले बताएका छन् ।

सूर्यमुखीको तेल लिटरमा १० रुपैयाँ र चिनी ७ रुपैयाँ महंगो भएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । बजारमा केही कम्पनीको एकाधिकार भएकाले मनलाग्दी रुपमा कालोबजारी गर्न उद्योगले नै मूल्य बढाएको खुद्रा ब्यापारीहरु बताउँछन् ।

खुद्रा ब्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले पुरानै मूलमा फर्किएको सनफ्लावर तेल फेरि महंगो हुन थालेको बताए । सूर्यमुखीको तेल बजारमा एक्कासी महंगो हुनुपर्ने कुनै कारण रहेको उनको भनाइ छ । बजारमा अहिले मार्गा मिर्गोल र अमृत ब्राण्डको सनफ्लावर तेल मात्रै छ ।

ति कम्पनीले १० लिटर तेल हुने एक कार्टुनमा १ सय ३० रुपैयाँ मूल्य बढाएका छन् । यसअघि १२२५ रुपैयाँमा पाइने एक कार्टुन तेल एकैचोटी १३ सय ६० रुपैयाँमा पुगेको छ ।

यसैगरी अभाव हुनसक्ने मौका छोपेर चिनीको मुल्य पनि बढाइएको छ । अहिले चिनी किलोमा ७ रुपैयाँसम्म महंगो भएको छ । यसअघि ६८ रुपैयाँ रहेको चिनी अहिले ७५ रुपैयाँमा पुगेको छ ।

उद्योगहरुले एक बोरा चिनीमा ३ सय रुपैयाँ मूल्य बढाएको उपाध्यक्ष मानन्धरले बताए । साल्ट ट्रेडिङसँग चिनीको मौज्दात कम भएको मौका छोपेर उद्योगहरुले चिनि किलोको ६ रुपैयाँसम्म महंगो बनाएको खुद्रा ब्यापार संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment