नेपाली चलचित्र बनाउने निर्देशकको चाहना पनि गजब गजबकै हुन्छ । कोही दर्शक धेरै आउन् भन्ने चाहना राख्छन् त कोही यूवावर्गले मेरो चलचित्र रुचाउँछन् भन्ने दाबी गर्छन् ।
तर, नव-निर्देशक निलु डोमा शेर्पाको चाहना भने अर्कै छ । उनले निर्देशन गरेको चलचित्र ‘हाउ फन्नी’ वैशाख १० गतेबाट प्रदर्शनमा आउँदैछ । निलुको वुझाइमा यो चलचित्र विशेषगरि यूवतीले बढी रुचाउँछन् । किनकी, यो यूवतीमा हुने साना-साना विशेषतालाई रोचक तरिकाले प्रस्तुत गरिएको चलचित्र हो ।
रोचक शैलीमा निलुले भनिन्-‘मेरो चलचित्र हेर्न पहिला यूवती आउँछन् । यूवतीले मन पराएपछि फेरि प्रेमीलाई लिएर आउँछन् । अनी त्यही प्रेमीले फेरि अर्को यूवती लिएर चलचित्र हेर्न आउँछन् ।’
यसको अर्थ एउटा यूवकले २ जना प्रेमिका लिएर छुट्टा-छुट्टै समयमा चलचित्र हेर्न आओस् भन्ने चाहना निलुको छ । निलुले आफू बक्स अफिसमा हिट हुनका लागि आएको बताइन् । उनले भनिन्-मलाई बक्स अफिसमा हिट हुनुछ । हिट फिल्म मेकर भनेर चिनिन मन छ ।’
निलुका अनुसार माल्भिका सुब्बा कार्यकारी निर्माता भएको यो चलचित्रले महिलाहरुको कथालाई उठान गरेको छ । प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, दयाहाङ राई र अनुपविक्रम शाही चलचित्रका मुख्य कलाकार हुन् । १२ बर्षदेखि माल्भिका र आफू साथी भएकाले पनि चलचित्र लगानीमा पूर्व मिस नेपाल अगाडि आएको निलुले सुनाइन् । फिल्म स्कुल जानका लागि माल्भिकाले नै आफूलाई प्रोत्साहित गरेको निलुले सुनाइन् ।
प्रतिक्रिया 4