+
+
Shares

भूकम्प पीडित नेपाली बालबालिका बेलायती परिवारलाई विक्री !

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २३ गते ०:१०

balbalika

२२ चैत, काठमाडौं । विनाशकारी भूकम्पमा बाँचेका नेपाल बालबालिका बेलायती परिवारहरुलाई घरेलु कामदारका रुपमा बेचिएको दाबी सार्वजनिक भएको छ ।

नेपाली बालबालिका बेचिएको समाचार प्रकाशित भएपछि बेलायत प्रहरीले पनि छानविन गर्ने भएको छ ।

बेलायती अनलाइन द सनको स्थलगत अनुसन्धानका आधारमा नेपाली र बिहारका बालबालिकालाई ५ लाख भारु अर्थात ५ हजार २५० पाउण्डमा बेचिएको दाबी गरेको छ ।

बालबालिकालाई बिक्री गर्ने गिरोहको नाइके मख्खन सिंह नाम गरेका भारतीय भएको समाचारमा जनाइएको छ । उनी भारतको जालन्धरमा बस्छन् । मख्खनको समूहले बालबालिकालाई धर्मपुत्र/पुत्री वा घरेलु कामदारका रुपमा बेलायत पठाउने गरेको छ ।

makhhan singसिंहले नेपालीका साथै भारतको बिहारका बालकालिकालाई पाँच लाख भारु वा पाँच हजार २५० पाउण्डमा बेच्ने गरेका छन् । ग्राहकको भेषमा जालन्धरमा पुगेका द सनको टोलीलाई मख्खनले बालबालिका पनि भेटाएका थिए ।

उनीहरुमध्ये १० वर्षका अमृत, १२ वर्षकी पूजा र १३ वर्षकी सुस्तीरामलाई उनले पालैपालो उठाएर आफ्नो नाम र उमेर भन्न लगाए । पूजाले फुर्तिसाथ भनिन्, ‘मेरो बोलाउने नाम प्रिती हो ।’

मख्खनले तीनै बालबालिका स्वस्थ रहेको र काम गर्न सक्षम रहेको दाबी गरे । उनीहरुलाई बेलायतसम्म लैजान आवश्यक पर्ने कागजपत्र बनाउने मानिस आफूसँग भएको उनले दाबी गरे ।

भुकम्पबाट घरबारबिहिन भएका सबै बालबालिकाहरु भारतमा आश्रय लिइरहेको दाबी गर्दै उनले भने, ‘(काम लगाउन) नेपालीहरु ठीक हुन्छन् । उनीहरुले मिठो पकाउछन् पनि । भोलि तपाईंलाई कसैले पछ्याउँदै आउने पनि छैनन् । हामी बकाइदा उनीहरुका बाबुआमालाई भेट्छाैं, कुरा गर्छौं र सम्झौता गर्छौं ।’

‘१० वर्षभन्दा कम उमेरका केटाकेटी पनि पाइन्छ ?’ भन्ने प्रश्नमा मख्खन भन्छन्, ‘त्यति साना बच्चा लगेर के गर्नुहुन्छन् । उनीहरु बाबुआमा खोज्छन्, रुन्छन् र झगडा गर्छन् । मेरो सल्लाह मान्नुहुन्छ भने १२-१३ वर्षका लैजानुस् ।’

खरिद-विक्रीको कागजी सम्झौता भइसकेपछि बालबालिकाहरुलाई लैजाने कागजात तयार नभएसम्म भारतभित्रै थुनेर राख्ने गरिन्छ । त्यतिञ्जेलमा उनीहरुलाई विभिन्न घरायशी कामहरु सिकाइन्छ । नक्कली कागजात बनाउने गिरोह नै यहाँ सक्रिय रहेको पाइएको छ ।

बेलायती प्रहरीले छानविन गर्ने

नेपाली बालबालिका दासका रुपमा बेलायत ल्याइएको समाचार प्रकाशित भएपछि बेलायतका गृहसचिव थोमस मईले छानविन गर्न निर्देशन दिएकी छन् । यसबारे बेलायतको नेसनल क्राइम एजेन्सीले अध्ययन गर्ने बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?