
१ साउन, काभ्रेपलाञ्चोक । रामेछापको उमाकुण्ड गाँउपालिका-६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।
बुधबार साँझ ३२ वर्षीय रविन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
वर्षाको कारण सडक राम्रो नभएकोले सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार रविनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए । उनको अवस्था नाजुक छ ।
खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेका छन् ।
घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको रामेछापका प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए । ‘कारण के हो खुलेको छैन, भर्खरै जिल्ला ल्याइपुर्याएका छौं, थप अनुसन्धान गर्छौं’, भट्टले भने ।
प्रतिक्रिया 4